हिमाली बस्तीका बासिन्दा जलवायु शरणार्थी हुनेहिमाली बस्तीका बासिन्दा जलवायु शरणार्थी हुने जोखिम

‘मनाङ जलवायु परिवर्तन सिर्जित प्रकोपहरुको हटस्पट जस्तै बनेको छ । डढेलो फैलिएको, हिमताल विस्फोटको जोखिम झन् बढेको, २०७८ को जस्तो अतिवृष्टी अरु धेरै पटक हुने जोखिम भएको र हिउँ पर्ने समय पनि परिवर्तन भएकाले अझै विपदहरुको सामना गर्नुपर्ने प्रष्ट छ तर हाम्रो तयारी त्यस अनुसारको छैन ।’

  


दुधौली नगरपालिका 
 वडा नंं. २ भलुवाहिमा होमस्टे व्यवस्थपान तालिम सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय व्यवसायिक तथा सीप विकास तालिम केन्द्र बाग्मती प्रदेश हेटौडाको आयोजनामा इनरुवा इन्टरनेशनल पोलिटेक्निकल इन्स्च्यिूट प्रा.लि.को संयोजनमा भएको तालिम कार्यक्रममा दनुवार सामुदायिक होमस्टे र हत्पते मगर सामादायिक होमस्टेका ४० जना सहभागी हुनु भएको हो । दुधौलीमा नेपाल सरकारको आर्थिक सहयोगमा दुई वर्षदेखी नमूना कृषि सहकारी संस्था मार्फत चक्लाबन्दी खेती कार्यक्रम संचालनमा छ ।

चक्लाबन्दी खेती कार्यक्रम अन्तर्गत व्यवसायिक धान, गहुँ, मकै, माछा, हाँस तथा गाईपालन हुदै आएको छ । दनुवार र मगर जातिको बाहुल्यता रहेको स्थानमा होमस्टे संचालनको लागी सरकारले पाहुना घर निमार्णमा समेत सहयोग गरेको छ । करिव एक महिनाभित्रमा होमस्टेमा पाहुनालाई आतिथ्यता दिन सकिने हत्पते मगर सामुदायिक होमस्टेका अध्यक्ष हरि गाउँलेले बताउनु भयो । मगर र दनुवार सामुदायिक होमस्टेका संचालकलाई पाहुनाको स्वागत सत्कार, स्थानिय रैथाने परिकार निमार्ण, सरसफाई, बजारीकरण एवं होमस्टे संचालनका आधारभूत न्यूनतम मापदण्डको बारेमा तिलक ढकाल र भुमराज तिवारीले प्रशिक्षण दिनुभएको हो ।

पाँच दिन सम्म संचालन भएको तालिम कार्यक्रमबाट आफुहरुले स्थानिय संस्कृति, बसाई तथा खानपानबाट पाहुनालाई स्वागत सत्कार गरी खुसी बनाउने कला सिकेकोे पुजा मगरले बताउनु भयो । तालिम कार्यक्रम मार्फत स्थानियहरुलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन खोजेको आयोजक संस्थाका अध्यक्ष लक्ष्मी न्यौपानेले बताउनु भयो । कोरोना भाइरसको समयमा समेत सामाजिक दुरी तथा सुरक्षाका उपाय अपनाई आन्तरिक पर्यटकहरुलाई तत्काल सेवा थाल्ने तयारीमा रहेको दुधौली नगरपालिका वडा नं. २ का वडा अध्यक्ष रितेश राउतले बताउनु भयो । हत्पते मगर सामुदायिक होमस्टेमा पुग्नको लागि सिन्धुली जिल्लाको भिमानबाट पूर्व तर्फ मदन भण्डारी राजमार्ग अन्तर्गतको गाँगन बजार देखी ७ किलोमिटर कच्ची सडकबाट पुग्न सकिन्छ ।

हत्पतेमा सिन्धुली जिल्लाको प्रशिद्ध मधुगंगा महादेवको मन्दिर रहेको छ । हप्तपतेबाट उतरतर्फ महाभारत हिमश्रृङखला तथा दक्षिणतर्फबाट चुरे पर्वत लगायतका नेपालका १० जिल्ला र भारतीय सिमा बजार समेत अवलोकन गर्न सकिने हत्पते मगर सामुदायिक होमस्टे सांस्कृतिक समुहका संयोजक प्रेम आले मगरले बताउनु भयो । त्यसैगरी भलुवाईको दनुवार होमस्टेमा संस्कृति तथा जीवनशैली अवलोकन र अनुभूति गर्न सकिन्छ ।

 

   बडादशैँ अन्तर्गत नवरात्रको आज सातौँ दिन फूलपाती । घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ ।                                                               प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।         घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।                                         देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौदेवीको विधिपूर्वक पूजाराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने धर्मशास्त्रविद्हरु बताउँछन् ।

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गाभवानीको प्रसादका रुपमा टीका थाप्न आआफ्ना घर फर्कने क्रम अझ तीव्र हुन्छ । 


 दुधौली नागरपालिका २ भलुवाहिमा शुरु गरिएको सामुहिक चक्लाबदि खेतीमा मल अभाबको कारण यो बर्ष अपेक्षित उत्पादन नहुने देखिएको छ। कृषि ज्ञान केन्द्र सिन्धुलीको समन्वयमा र प्रदेश सरकारको अनुदानमा शुरु गरिएको चक्लाबन्दी खेती प्रणालीमा आबस्यक पर्ने रासायनिक मल प्रयोग गर्न नसकिएकोले यस्तो अबस्था आएको हो। कुल १२१ बिगाहा जग्गाको लागि करिब ३०० बोरा मल आबश्य पर्ने भए  अहिलेसम्म प्राँगारिक र जैबिक मलकै भरमा धान हुर्किएको वडा अधक्ष्य रितेश राउत बताउनुहुन्छ। पहिलो बर्ष माटो मिलाउने कारणले यसैपनी उर्बराशक्ति घट्ने, त्यसमाथी मल अभाब हुदा अपेक्षित उत्पादन नहुने उहाको भनाई छ।

यस अघि प्रती बिगाहा ३ मुरि धान उत्पादन भएरहेकोमा सामुहिक चक्लाबन्दी खेती भए पनि बिबिध कारणले यो बर्ष प्रती बिगाहा २ मुरि मात्र धान फल्ने देखिन्छ।
यसपाली पुर्बिय हावा चलेकोले राते र सेते रोगले पनि उत्पादनमा कमि आउने सक्ने प्राबिधिक दिनेश बुढाथोकी बताउनुहुन्छ।

 दुधौली–२ तल्लो हत्पतेको आयोजनामा भनिएको फुटबल टुनामेण्टमा नगर भित्रका १२  समूह सामेल भएको जनाइएको छ । प्रति समुह एक हजार पाँच रुपैयाँका दरले दर्ता शुल्क उठाएर खेलको आयोजना भएको हो । आयोजक मध्येका एक जना सदस्यले पहिलो पटक भएको लगडाउन खुलेपछि खेल सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘फेरि लगडाउन भयो । अव खुल्ने कहिले हो ठेगान छैन,हामीले सुरु गरिसकेको खेल फाइनल गरेका हौँ ।’


एक स्थानीय तथा खेलको प्रत्यक्षदर्शीका अनुसार अधिकांश उपस्थित दर्शकले मास्क समेत लगाएका थिएनन् । कोरोना भाइरसका संक्रमित बढिरहेका बेलामा यसरी दूरी समेत कायम नगरि फुटबल खेल संचालन भएको हो । यसको विरोधमा सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

नेपाली कांग्रेसकी नेत्तृ नेपाल महिला संघ,सिन्धुलीका अध्यक्ष गंगा दाहालले कोरोना भाइरस समुदायमा नै फैलिरहँदा, शैक्षिक संस्था, व्यापार व्यवसाय ठप्प पारेर, हजारौँको भीड गरेर स्थानीय सरकारले के बहादुरी देखाउन खोजेको हो ? भनेर प्रश्न गर्नुभएको छ । उहाँले आफ्नो फेसबुकमा थप प्रश्न गर्नुभएको छ, ‘औषधि किन्न जाँदा डण्डा लगाउने प्रहरी प्रशासन के हेरेर बसेको छ ? ’ । दुधौलीको टोलटोल सिल छ, तर नगर प्रवक्ताको वडामा यस्तो हजारौँको भीडमा फुटबल खेल चलिरहेको भन्दै उहाँले आपत्ति समेत जनाउनुभयो ।दुधौली नगर प्रमुख घनश्याम राउनले दुधौली–२ मा फुटवल खेल भइरहेको छ भन्ने कुरा १० दिनअघिनै थाहा पाएको बताउनुभयो । यो जानकारी पाउन साथ नगरको बैठकले अर्को निर्णय नगरेसम्म हाललाई रोक्नुस् भनेर निर्देशन पनि दिएको थियो । उहाँले भन्नुभयो,‘शुक्रबार सूचना निकालेर यस्ता गतिविधि रोक्न थप कडाइ गर्दछौं ,यस कार्यप्रति हाम्रो पनि ध्यानकर्षण भएको छ ।’


उहाँले वडाअध्यक्ष विरामी आफन्तलाई भेट्न वडा बाहिर गएको मौका छोपी युवाहरु जम्मा भएर खेलको आयोजना गरेको बताउनु भयो ।

सिन्धुलीको दुधौली नगरपालिकाले ठेगेदारलाई फाइदा पुग्ने गरी १ करोड ७७ लाख १९ हजार मिनाहा गरेको देखिएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनमा दुधौली नगरपालिकाले औचित्यपूर्ण नदेखिने खर्च गरेको जनाएको हो ।
महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ, ‘कमला नदीको खोरखोलादेखि डकाहा बजारसम्म स्थानीय बासिन्दाको अवरोधका कारण नदीजन्य पदार्थ संकलन गर्न नसक्ने भएकाले बाँकी किस्ता मिनाहाका लागि नगर प्रमुखसमक्ष निवेदन पेस गरेकामा २०७६ जेठ ३१ को बैठकले नगर सभाबाट समर्थन हुने गरी ठेक्का रद्द गर्ने तथा बैंक ग्यारेन्टी फुकुवा गर्ने निर्णय गरिएको पाइयो ।’
महालेखा प्रतिवेदनमा अगाडि लेखिएको छ, ‘व्यवसायीले २०७५ फाल्नुन २८ गते नदीजन्य पदार्थ संकलन गरेको अवस्थामा दामासायीले रकम असुल गर्नुपर्नेमा कार्यालयले सम्झौताको शर्त विपरित ठेगेदारलाई फाइदा पुग्ने गरी रु. एक करोड ७७ लाख १९ हजार मिनाहा गर्ने निर्णय औचित्यपूर्ण देखिएन ।’
यस्तै दुधौली नगरपालिकाले नाफामुलक सहकारी संंस्थाले व्यहोर्नुपर्ने रकम नगरपालिकाले ब्यहोरेको पाइएको छ । महालेखा प्रतिबेदनमा भनिएको छ, ‘उक्त कुरा औचित्यपूर्ण देखिएन ।’
महालेखा प्रतिवेदनमा अगाडि भनिएको छ, ‘कृषि ज्ञान केन्द्र सिन्धुली र श्री नमूना बचत कृषि सहकारी संस्था लिमिटेडबीच सम्झौता भइ कृषि औजार उपकरण खरिद गर्नका लागि रु १ करोड बजेटमध्ये ३० प्रतिशत लागत सहकारीले ब्यहोर्नुपर्ने उल्लेख छ ।’
उक्त लागत सहभागिता अनुसार सहकारीले ब्यहोर्नु पर्ने रु ३० लाख दुधौली नगरपालिका सिन्धुलीले उक्त सहकारीलाई उपलब्ध गराएको महालेखा प्रतिबेदनमा छ । नाफामुलक सहकारी संस्था र कुनै अर्को सार्वजनिक निकायबीच भएको सम्झौता बमोजिम उक्त सहकारी संस्थाले ब्यहोर्नुपर्ने लागत सहभागिताको रकम नगरपालिकाले ब्यहोरेको औचित्यपूर्ण नदेखिएको औंल्याएको छ ।
महालेखा प्रतिबेदनमा भनिएको छ, ‘कृषि औजार, उपकरण आपूर्तिका लागि ज्ञान केन्द्रले आह्वान गरेको बोलपत्र रद्द भइ उक्त कार्यक्रम संचालन नभएकाले भुक्तानी रकम असुल गरी स्थानीय संचित कोषमा दाखिला गर्नुपर्छ ।’
महालेखाको प्रतिवेदनमा औचित्यपूर्ण र मितव्ययी नदेखिनु भन्नु अनियमितता भएको औंल्याएको महालेखाका एक सहसचिवले बताए ।
यो विषयमा मेयर घनश्याम राउतसँग पटकपटक सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेन ।

प्रायजसो तराईका थारुहरु घुंगी खाने गर्दछन् । तर यसको स्वाद र फाइदाका कारण घुंगीका पारखी बढ्न थालेका छन् ।
घुंगीमा प्रशस्त मात्रामा प्रोटिन र क्याल्सियम पाइन्छ । यसको सेवनले शरीरमा तागत बढ्नुको साथै बिभिन्न रोग नियन्त्रणमा पनि उपयोगी हुन्छ ।                                         यसलाई पोषणको पर्याय पनि मान्ने गरिन्छ । यदि तपाई पनि घुंगीको स्वाद लिन चाहनुहुन्छ भने आज हामी यसलाई पकाउने विधिबारे जानकारी दिनेछौ ।
आवश्यक सामग्री
घुंगी – सवा १ केजी
तेल – ३ चम्चा
मेथी – थोरै
सुकेको खोर्सानी – ३/४ वटा
प्याज – ३ वटा
गोलभेडा – ४ वटा
अदुवा, लसुनको पेष्ट – २ चम्चा
जिरा, धनियाको मसला – २ चिया चम्चा
बेसारको धुलो – आधा चम्चा
नुन – स्वाद अनुसार
गरम मसला – २ चिया चम्चा
खोर्सानीको धुलो – १ चिया चम्चा (स्वाद अनुसार)
आलसको धुलो – १ चम्चा
धनियाँ – एक मुठ्ठी
पानी – घुंगीको रस बढाउन
सफा गर्ने तरिका
बजार वा पोखरीबाट ल्याएको घुंगीबाट माटो निकाल्न एक दिन वा रात सफा पानीमा राख्नु पर्दछ । यसो गर्दा घुंगीको शरीरबाट माटो निस्कन्छ ।
यदि अर्काे पानीमा राख्दा अझै पानी धमिलो देखियो भने थप केहि घण्टा अर्काे सफा पानीमा राख्नु पर्दछ । यसरी राखेको घुंगीलाई झिकेर केहि बेर यसको आवरणको लेउ निस्किउन्जेल सफा गर्नु पर्दछ । त्यसपछि सफा भाडामा राखे पछाडीको बिर्काे जस्तो ढाकिने आवरण काट्नु पर्दछ । त्यसपछि ४÷५ पटक तातो पानीले सफा गर्नु पर्दछ । यसरी पखालेको घुंगीलाई निम्न तरिकाबाट पकाउनु पर्दछ ।
घुंगी पकाउने विधि
– सानो आँचमा कराई बसाउने र तातेपछि ३ चम्चा तेल हाल्ने
– तेल मज्जाले तातेपछि मेथी फुराउने
– जब मेथी खैरो रंगको हुन्छ त्यसमा सुकेको खोर्सानीलाई भाँचेर पड्काउने
– खोर्सानी फ्राइ भएपछि काटिएको प्याज खैरो भएसम्म भुट्ने
– त्यसपछि अदुवा लसुनका पेष्ट हालेर केहि बेर भुट्ने
– पेष्ट पनि खैरो भएपछि बेसार हालेर त्यसमा चलाएर मिसाउने
– लगत्तै काटेको टमाटरलाई हालेर लेदोको आकारमा आउन्जेल भुट्ने
– त्यसमा जिरा र धनियाँको मसला हाल्ने र भुट्ने
– त्यसमा रातो खोर्सानीको धुलो हाल्ने र चलाएर मिलाउने
– अब यसमा गरम मसला हालेर विस्तारै चलाउने
– अब यसमा स्वाद अनुसार नुन हाल्ने र मसलामा मिलाउने
– त्यसपछि आलसको धुलो हालेर केहिबेर चलाउने
– यसरी मसलाको लेदो तयार हुन्छ अब यसमा तयारी अवस्थामा रहेको घुंगी मिसाउने
– घुंगी हालेपछि यसलाई मसलामा मिलाउन सबैतिरबाट चलाउने
– सानो आँचमा छोप्दै चलाउँदै १५ मिनेटसम्म घुंगीलाई मसलामा मिलाउने
– सबै घुंगीमा मसला मिलेपछि आवश्यकता अनुसार पानि हालेर १५ मिनेटसम्म छोप्दै चलाउने
– पाकिसकेपछि आगो निभाएर सानो पारेर काटेको धनियाँको पातलाई हाल्ने र छोप्ने
यसरी तयार भएको घुंगीलाई खाना, भुजा वा अन्य परिकारसंग खाएमा चिसो, रुघाखोकि वा थकान भाग्ने गर्दछ । यस अलवा घुंगीको सेवनले शरीरमा तागत दिने गर्दछ ।
 उपलब्धि हरु जो दु.न.पा २ ले प्राप्त गरेको छ ।।मलाइ पनि लग्दथ्यो सन्सार एकै पटक मा कायापलट गर्न सकिन्छ।।। तर अलिक गरो नै हुदोरहेछ ।। धेरै समस्या राख्नु भन्दा पहिला केही हाम्रा गौरव का योजना हरु स्मरण गराउन उतम ठान्दछु।।।१ हजुर हामी सबैलाइ जोगि अनि सुकुम्बासी बनाउने कमला नदि को पाता कस्ने काम अर्थात हजुर ले चाहाना गर्‍नु भएको कमला करिडर कार्य ले सुरुवात पाएको छ यस्को निरन्तरता अवस्य हुनेछ।।२ हामी कृषि मा नयाँ पन सहित आधुनिक खेती गरि देशै नाम मा भलुवाही लाई चिनाउन चाहन्छौ ।। चक्लावन्दी खेती ले सकारात्मक प्रभाव दिन थाली सकेको छ । पर्यटन को क्षेत्र मा होम स्टे . कमला खोच कै दनुवार जाती को सान्स्कृती सहित को होम स्टे तल्लो भलुवाही मा 13 र हत्पते मा मगर सन्क्कृति सहित ९ होम स्टे निर्माण भएको छ. मधुगङाग को विकास गरिएको छ ।। एक घर एक धारा हजुर को टोल सहित सवै वाडा मा घोषण नै हुदैछ ।। हत्पते डाडा मा झलमल  बत्ती बलिसकोको छ ।। गाई पालन , हास पालन , बृहत् माछा पखरी निर्माण गरेका छौ ।। हत्पले मा स्वास्थ चौकि बन्दैछ ।।धेरै कुरा अवगत गराउन सकिएन   ।।फेरि जोडिऔला
साग आफैंमा उपयोगी तरकारी हो । पकाएर र काँचै खान मिल्ने साग स्वादिलो पनि हुन्छ । त्यसमा पनि रायोको साग बहु उपयोगी हुन्छ ।
संसारभर पाइने अनकौँ तरकारीमध्ये दोस्रो बढी पोषणयुक्त तरकारीमा रायो पर्छ । तसर्थ, रायो स्वास्थ्यका दृष्टिले झनै लाभदायक छ । धेरै पकाउँदा भने यसमा रहेका पोषण तत्व नष्ट हुन सक्छ ।                              यो उपयोगी रायोको सागका फाइदा थाहा पाउनुहोस्
  • -रायोको सागमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । रतन्धो, पुरानो बाथ, कफ आदिबाट बच्न रायो उपयोगी हुन्छ ।
  • -रायोमा पाइन्ने भिटामिन ए, सी र केयुक्त तत्वले हाम्रो शरीरमा एन्टिअक्सिडेन्टको काम गर्छन् ।
  • -रायोको सागमा पाइने फोलिक र म्याग्नेसियमले शरीरमा रहने विभिन्न विकारयुक्त वस्तुलाई बाहिर निकाल्छ ।
  • -रायोको दाना पिसेर तरकारीमा हालेर खाँदा पाचन पक्रिया बलियो बन्छ । यसले भोक नलाग्ने समस्यासमेत हटाउँछ ।
  • -शरीरमा भिटामिन केको कमी भएमा गर्भवतीलाई वाकवाकी बढी नै लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुन्छ । रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले गर्भवतीलाई खुवाउँदा समस्या हल हुन्छ ।
  • -जाडोमा बाथका रोगीलाई हड्डी दुख्ने समस्या हुन्छ, खासमा बढी बुढाबुढीलाई । रायोमा पाइने कपरले यो समस्या हल गर्छ।
  • -रायो भिटामिन सीको पनि राम्रो स्रोत हो । तसर्थ, रुघाखोकी लागिरहने मानिसले रायोको साग खानुपर्छ ।
  • -रायोले पिसाबनलीमा हुने पत्थरीलाई कम गर्छ ।
  • -रायोको साग नियमित खाँदा क्यान्सरको जोखिमलाई कम गर्दछ ।