हाम्रो देशमा पनि लक डाउन भएको आज १७औ दिन टीका दाहाल द्वरा घनश्याम राउत लाई खुल्ला पत्र हेर्नुस्

by 07:31:00 0 comments
मिति:-2076/12/27
मेयर साहेब नमस्कार !Ghanashyam Raut
       आराम छु आरामै चाहन्छु ।
हाल विश्वभरी मानव समुदाय त्रसित भैरहेको बर्तमान परिपेच्छ्यमा हाम्रो देशमा पनि लक डाउन भएको आज १७औ दिन तपाईंको यादले सतायो तेसैले यो खुला पत्र लेख्दै छु ।
  बेलायतका प्रधानमन्त्री आइसुलेसनमा छन् ,इटालीका रास्ट्रपति घोप्टो परेर रोहिरहेको दृश्य केही दिन अघि मिडियामा    देखियो ।अमेरिकी रास्ट्रपति छट्पटौदै नानाथरी बोलिरहेका छन् उनको घमण्डपुर्ण शैलिले आज बिश्वमा शक्तिसाली रास्ट्र भएर पनि अमेरिका ले ठूलो मुल्य चुकाउनुपर्ने खत्राको सन्केत देखिदैछ ।छिमेकी रास्ट्र भारतमा भएको जातीय भेलाबाट  भड्किएका मन्छेहरु रोगको पोको बोकेर नेपालमा पनि छिरेका छन भनिन्छ। अप्ठ्यारोमा भगवान सम्झने हाम्रो परम्परामा पुनरावृत्ति भएको महसुस हुदैछ तेसैले पशुपतिनाथ ले बचाएको देश भनिन्छ तर पनि संक्रमणका केहि छिटाहरु प्रवेश गरिसकेका छन यिनै छिटाहरु भोलि बर्षात को पानी जस्तै सर्बत्र बर्षात हुन थल्यो भने तपाइँ हामीलाई पनि भेलले नबगाउला भन्न सकिन्न।
तसर्थ ,
पुर्ब तयारीका निमित्त के कस्ता प्रयासहरु गर्दै हुनुहुन्छ ? केहिदिन अधि राहत संकलनको लागी प्रयास गर्नुभयेको कुरा तपाईको फेसबुक पेज मार्फत थाहा भयो हाल सम्म के कति संकलन भयो?  क कसलाई दिन लाग्दै हुनुहुन्छ ? मास्क वितरणमा जस्तै खाद्यान्न वितरणमा पनि अल्झियेर बिज्ञप्तिहरु निकाल्ने तयारी पो गर्दै हुनुहुन्छ कि ?अथवा केही दिन अघि मेयरको बेस्थता भन्ने शिर्षकमा Dudauli.com ले पोस्ट गरेको खबर जस्तै वडा अध्यक्ष हरुको फोन उठाउदै राहत छिटो पठाउने आश्वासन पो दिदै हुनुहुन्छ कि ?या सुरक्षाकर्मी हरुलाइ फोन मार्फत चोक चोकमा भेला भएका अटेरी भाइहरुको बाइकको चाबी फिर्ता दिलाउदै हुनुहुन्छ। वा कार्यकार्ता सङ  सल्लाह मा बेस्त हुनुहुन्छ? अथवा हिजो सहयोग गर्न छुटेका कर्याकर्ता हरुलाइ जागीर लगाउने बिसयमा सोच्दै हुनुहुन्छ हिजोआज तपाइँको कालोगाडी कुदेको त्यति  देखिदैन ।के तपाईलाई पनि लक डाउनले असर गरेको हो? यदाकदा कुदिरहेका काला गाडीहरू के कुनै जरुरी काममा कुदेका होलान्?लाग्छ तिनीहरु सङ भाइरस पनि डराउछ । खध्यान बोक्ने गाडीहरू पनि निर्बाध रूपमा कुदिरहेका देखिन्छन कुनै सुरक्षाको विधि अबलम्बन गरेको देखिदैन लाग्छ आगडी टासिंएको  "खाध्यन्न ढुवानी" भन्ने ब्यानर नै तेसको सुरक्षा कवज हो ।
सुन्दैछु राहत कहिले आउला र बाड्न पाइयेला भन्दै गाउँ गाउँमा विभिन्न पार्टीका कर्याकर्ता हरु जनतालाई भोकै बस्न भनिरहेका छन कतै हातमा ब्रस्लेट र आइफोन बोक्नेहरु पो भोका हुनेहुन कि? उनीहरुको भोक मसिनो चामल बहेक अरुले टर्दैन कुन चामल बाड्ने तयारी मा हुनुहुन्छ ? राहत बाड्न आतुर संघ सस्था र बेक्तिहरुको फोटो समाजिक संजालमा हाल्ने होडबाजी कत्तिको चल्दैछ?भएका स्वस्थ्यकर्मी र बनाइएका क्वरेन्टाइन हरुमा आबस्यक स्वास्थ सामग्री को जोहो त गर्नुभएको नै होला । नगरबासी र आफ्नो स्वास्थको ख्याल गरि पहिलो चरणमा बाड्नुभएको मास्केले केहि मात्रामा सचेतता जगाउने काम गरेको नै हो । खाद्यान्नको राहत बाड्दा कुनै पनि पार्टी कर्याकर्ता वा नेता मात्र खुशी हुनेगरी बाड्नुहुने छैन नै  भन्ने बिश्वास छ ।
अन्त्यमा ,
   तपाईले चढनुहुने कालो गाडी ले यो लक डाउन मा सक्रियता देखाउदा जनस्तरमा आत्मबिस्वास बड्ने बुझेको छु। यो माहामारीको बेलामा भोलिका दिनहरूमा आइपर्न सक्ने सन्कट्लाइ सामधान गर्न तपाइको नेतृत्व ले गर्ने जुनसुकै सकारात्मक कदमलाई आबस्यक्ता अनुरुप सहयोग साथ र सल्लाह को लागि आफू तत्पर नै रहेको जानकारी गराउछु।
आजलाई येतिनै

उहीँ तपाईंको शुभेच्छुक
टीका प्रसाद दाहाल
दुधौली०२ सिन्धुली 🙏

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: