मधुगंगा महादेव मन्दिरमा बोलबम मेला सुरु

by 08:30:00 0 comments
दुधौली नगरपालिका २ हत्पते लंगुुरखोला स्थित प्रशिद्ध १०८ मधुगंगा महादेव मन्दिरमा साउन महिनामा लाग्ने बाबाधाम मेला सोमबार देखी सुरु भएको छ । मन्दिरमा हरेक बर्षझै यस वर्ष पनि साउन महिनाको पहिलो सोमबारबाट मेलामा मधुगंगा महदेवको दर्शनका लागिपहेँलो र गेरु रंगको बस्त्र लगाएर ठुलो संख्यामा भक्तजनहरुको उपस्थित हुन थालेको मन्दिर क्षेत्रका स्थानीयवासीले बताएका छन् ।

प्रत्येक साउन महिनाभर लाग्ने मेलामा विशेष गरी साउनको पहिलो र अन्तिम सोमबार भक्तजनाहरुको घुईचो लाग्ने गर्छ । महादेवको दर्शन तथा मेलाभर्न सिन्धुली तथा छिमेकी जिल्लाहरु सर्लाही, महोत्तरी, धनुषा, सिरहा, रौतहट, उदयपुर,बारा,पर्सा लगायत भारतको सितामाढी, मधुवनी लगायतका शहरहरुबाट बोलबमका भक्तजनहरु आउने गरेको बोलबम मेला व्यवस्थापन समितिले जनाएको छ ।

मेला स्थलमा नेपाल प्रहरीले सुरक्षा प्रदान गर्ने ब्यवस्था मिलाईको बताइएको छ । साउन महिनाभरी मन्दीरमा मेला लाग्ने भएपनि विशेष गरी साउनको प्रत्यक सोमबारहरुमा भक्तजनाहरुको बाक्लो उपस्थित हुने गरेको छ । शुद्ध मनले निराहार ब्रत वसि महादेवको दर्शन गर्नाले मनले चिताएको ईच्छा पुरा हुने विश्वासले मन्दिरको दर्शन गर्न जाने गरिएको दर्शनार्थिहरुको भनाई छ ।

कमला नदीमा पुल बनिनसक्दा हरेक वर्ष तीर्थयात्रीलाई नदी पार गर्न समस्या हुँदै आएको छ । मधुगंगा मेलामा जाने तीर्थयात्री नदी तर्ने क्रममा बर्षेनी बग्ने समेत गरेका छन् । कतिले ज्यानै घुमाएका छन् । नदी तर्दा कुनै घटना नहुन्न भनेर अघिल्लो बर्ष देखि तीर्थयात्रीलाई नदी तार्न दुधौली नगरपालिका सिन्धुलीले नगर प्रहरी र नेपाल प्रहरी खटाएको जनाईएको छ ।

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: