काठमाण्डौ नै पुगेर दिपा बोहोरा दाहालले करिव ८ सय मानिस उद्धार गरेर सिन्धली पठाउनुभयो

by 06:54:00 0 comments
 सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले लकडाउनका कारण काठमाडौंमा रोकिएका सिन्धुलीका सात सयभन्दा बढी मानिसहरूको उद्धाार गरी सिन्धुली पठाउनु भएको छ ।
काठमाडौंका विभिन्न ठाउँबाट हिँड्दै भक्तपुरको जगाती र काभ्रेको बनेपा पुगेकाहरूलाई गाडी चढाइएको हो ।
दैनिक ज्यालादारी, मजदुरी गर्ने हजारौं सिन्धुलीवासी दाजुभाई तथा दिदीबहिनीहरुलाई खानपानको अभाव भएपछि काठमाडौँ उपत्यकाका धेरै वडा अध्यक्षहरूलाई फोन गरेर राशनको अनुरोध गर्यौं तर, बिडम्वना केही बाहेक कसैले सहज रूपमा राहात पाउन सकेनन त्यसैले सिन्धुलीबासी लाई घर पठाको अम्बर थापामगरले जानकारी दिनुभयो ।     स्थानीय जनप्रतिनिधिको सहयोगमा गाउँ फर्किने व्यवस्था भएपछि उनीहरू खुसी पनि थिए ।तर, भक्तपुरको जगातीबाट बिहान साढे ९ बजे छुटेका कतिपय गाडीलाई बनेपामा स्थानीय प्रशासनले रोक्यो । दिउँसोको समयमा गाडी लैजान नपाइने भन्दै स्थानीय प्रशासनले रोकेपछि बनेपाका सडक र बसपार्क क्षेत्रमा भिड नै लागेको थियो।
गाडी रोकिएको समय पारेर सबैलाई एक पार्टी प्यालेसमा खाजा र खाना खुवाइएको थियो । ‘सबैलाई खाना खुवाउने भनेका थियौँ तर पुगेन, धेरै जनाले चाउचाउ र चिउरा खानुभयो’ अध्यक्ष बोहरालेभन्नुभयो ।उहाले भन्नेभयो आज १० वटा बस, ३ वटा मिनिट्रक, २ वटा ठुलो ट्रकमा सबैलाई सिन्धुली पठायौं । यसमा विशेष रूपमा नेकपा केन्द्रीय सदस्य तथा प्रदेश सांसद माननीय क। राजन दाहाल र सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोराको गाडि व्यवस्थापनलगायत सक्रियता अतुलनीय छ ।
स्थानीय जनप्रतिनिधिले बनेपामा सिन्धुलीको स्थानीय तहसम्म पुग्ने गाडीको बन्दोबस्त गरेका थिए । एउटै गाउँ जाने मानिसहरू छुट्याएर गाडीको बन्दोबस्त गरी पठाएको सुनकोसी गाउँपालिका अध्यक्ष दीपा बोहराले जानकारी जानकारी दिनुभयो

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: