दुधौली नगर पालिका मा एकको मृत्यु, तीन बेपत्ता

by 23:59:00 0 comments

चार  दिन देेखि अविरल वर्षाका कारण सिन्धुलीका विभिन्न ठाउँहरुमा बाढि र पहिरोका कारण मानविय एवं भौतिक क्षति भएको छ । शुक्रबार राती १ बजे दुधौली न.पा.वडा न-४ डकाहामा आएको भलबाढिले एकजनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय डकाहाले जानकारी दिएको छ । प्रहरीले तीनजनालाई भने उद्धार गर्न सफल भएको छ । ३ वर्षिया कार्बन कापरी भने दुधौली न.पा.-४ बैरा स्थित कमला नदिको बगरमा मृत अबस्थामा फेला परेक छन् ।

बेपत्ता हुनेमा ७ वर्षको को आधिं कापरी, १ वर्षिया सर्गन कापरी र ६० वर्षिया मरणि कापरी रहेका छन् । दुधौली न.पा.वडा न-१ हाटगांउ बस्ने बर्ष ४५ को जित बहादुर सार्कि गोठमा सुतिरहेको अबस्थामा कमला नदिको पानी पस्दा भगेर रुखमा चढि बसेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । त्यसैगरि, कमलानदिको तिरमा तिर्पाल टागिं बसेको बन्जारा को ६ जना परिवारलाई कमाला नदिले बगाएको थियो । प्रहरीले उक्त परिवारको दुईजनालाई सकुशल उद्धार गरेको छ भने एकजनाको अस्पतालमा उपचार भइरहेको छ । सर्लाहिका मिथुन कापरीलाई १०० मिटर तल चौतारामा बरको रुखबाट उद्दार गरीएको थियो । त्यस्तै रेणु कापरीको भने १ कि.मि.तल बैरा भन्ने स्थानमा बासको घारीबाट उद्दार गरीएको प्रहरीले जानकारी दिएको छ ।

दुधौलीमा बेरा र टाएलको छानो भएको १ तल्ले घर पुर्ण रुपमा क्षति भएको छ । उक्त स्थानमा प्रहरी लगायतले ६५ बढिलाई सुरक्षित ठाउँमा लगेको छ ।

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: