तपाईंको म्यासेन्जरमा आएको 'अरे के त्यो तपाईंको भिडियो हो ?'

by 08:20:00 0 comments
सिन्धुली   रतनपुर !!!!!!     सामाजिक सञ्जाल फेसबुक नचलाउने मान्छे आजकल कमै भेटिन्छन् । त्यसमा पनि युवा पुस्तामा त फेसबुक नचलाउने मान्छे भेट्नु ढुङ्गा खोज्दा देउता भेट्नु जस्तै हो । तर त्यही फेसबुकको कारण पछिल्लो केही समयमा यीनै युवा पुस्ता तनावमा छन् । तनाव के भने फेसबुकले उनीहरुको जानकारी बिनै एउटै प्रकृतिको म्यासेज फ्रेण्डलिस्टमा भएका सबैलाई पठाईरहेको छ । जसमा लेखिएको छ, 'अरे के त्यो तपाईंको भिडियो हो ?'
म्यासेज पाउनेको प्रोफाइलमा रहेको फोटोको थम्बनेलसहित उक्त म्यासेज सेन्ड हुने गरेको छ । र म्यासेज प्राप्त गर्नेले आफ्नै तस्विरसहितको थम्बनेल भिडियो देख्ने हुनाले उक्त भिडियोमा क्लिक गर्न सक्छन् । अनि फेसबुकको माध्यमबाट क्लिक गर्नेको डिभाइसमा भाइरस सर्न सक्छ । अथवा जसले म्यासेजमा क्लिक गर्छ, उस्को आइडीबाट पनि उसका साथीहरुलाई सोही व्यहोराको म्यासेज सेन्ड हुन जान्छ ।

यसको असर के हुन्छ ?
पछिल्लो समय फेसबुक विभिन्न प्रकारको विवादमा फसिरहेको छ । यस्तै फेसबुकमा विभिन्न प्रकारको आक्रमण पनि भइरहेका छन् । फेसबुकले आफ्ना प्रयोगकर्ताको गोप्य सूचना बेचेकोदेखि अनाधिकृत रुपमा प्रयोग गरेकोसम्म आरोप लगेका छन् । पछिल्लो समय देखिएको यो म्यासेजवाला समस्या पनि त्यसैको निरन्तरता हो । तर उक्त समस्याको विषयमा फेसबुकले आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
तपाईंको म्यासेन्जरमा आएको 'अरे के त्यो तपाईंको भिडियो हो ?' व्यहोरोको म्यासेज क्लिक गर्नुभएको खण्डमा तपाईंको गोप्य सूचनाहरु पनि लिक हुन सक्छ । तपाईको फेसबुक अकाउण्टको पासवर्ड अन्य व्यक्तिको पहुँचमा पुग्न सक्छ । ह्याकरहरुले तपाईको पासवर्ड पत्ता लगाएर तपाईको गोप्य सूचनाको गलत उपयोग गर्न सक्छन् । त्यसैले सामाजिक सञ्जालको प्रयोगका सम्बन्धमा चनाखो हुनु आवश्यक छ ।
–एजेन्सीको सहयोगमा ।

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: