प्रचण्ड नै हिन्दु राष्ट्र मान्न तयार ! सनसनीपूर्ण खुलासाले देशैभर उथलपुल

by 23:25:00 0 comments
सिन्धुली !!सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई हिन्दु राष्ट्र मान्न तयार रहेको खुलेको छ । उनले आफ्नो सुरक्षाको प्रत्याभूति हुनेभए वैदिक सनातन हिन्दू धर्म पुनस्थापना गर्दा आफूलाई कुनै आपत्ति नहुने बताएको खुलासा भएको छ ।केही साता अघि नेपाल आएका भारतीय खुफिया एजेन्सी रअका प्रमुखसँगको भेटमा अध्यक्ष प्रचण्डले यस्तो धारणा व्यक्त गरेको एक पूर्वमन्त्रीले खुलासा गरेका हुन् । नेपाली कांग्रेसका नेता एवं पूर्व कानून मन्त्री दीनवन्धु अर्यालले हालै सगरमाथा टेलिभिजनसँगको कुराकानीमा यो कुराको खुलासा गरेका हुन् ।पछिल्ला दिनमा प्रचण्डले सार्वजनिक सभाहरुमा व्यक्त गरेका अभिव्यक्तिले उनी ठूलै चिन्तामा परेको विश्लेषण नेकपा भित्र हुन थालेको छ । सपरिवार युएईको अत्याधुनिक सुविधा सम्पन्न होटलमा एकसाता बिताएर फर्केपछि उनमा यस्तो छटपटी देखिन थालेको उनको बुझाई छ ।
भारतीय गुप्तचर प्रमुखसँगको भेटपछि नै प्रचण्ड अलिक तनावमा देखिन थालेको ती केन्द्रीय सदस्य बताउँछन् । त्यो भेटमा रअ प्रमुखले नेपालमा वैदिक सनातन हिन्दू धर्मको पुनस्थापना आवश्यक देखिएको भन्दै यसमा प्रचण्डको धारणा मागेका र प्रचण्डले आफूलाई कुनै आपत्ति नभएको बताएको ती सदस्यले आफूले सुनेको बताएका छन् ।

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: