दुधौली नगरका महत्वपूर्ण ७ योजना जसरी भएपनि पुरा गछौंं — मेयर घनश्याम राउत

by 07:54:00 1 comments


गनेपाल, सुखी नेपालीेको अबधारणा सँगै दुधौली नगरपालिका पनि अघि बढिरहेको छ। स्थानीय सरकार भएपछी बिकासका योजनाहरु योजनामा मात्रै सिमित नभई विकासहरु धमाधम भैरहेका छन्। स्वास्थ्य,शिक्षा,बिजुली,खानेपानी,सिंचाई,कृषि,सडक लगायत भौतिक पूर्बाधारहरु तिब्रगतिमा बिकास भैरहेका छन्। जन चाहाना अनुरुपनै काम भैरहेको दुधौली नगरपालिकाका नगर प्रमुख मेयर घनश्याम राउत बताउँछन् । नगरका विकासहरु मध्ये नगरका केही महत्वपूर्ण बिकासका योजनाहरु पनि छन् जुन जनताले अपेक्षित रुपमा ठुलै आशा राखेका छन। थुप्रै बिकासका योजनाहरु मध्ये महत्वपूर्ण सात बिकास नगरवासी र नगर प्रमुख मेयर घनश्याम राउत नजरमा परेकाछन् । सहकर्मी संञ्जु राउतसँगको कुराकानिमा आधारित ।
१.कमला करिडोर निर्माण
दुधौली नगरकै महत्वपूर्ण बिकास योजना मध्येको एक हो कमला करिडोर निर्माण। संघीय सरकार र प्रदेश सरकारको समन्वयमा दुधौली नगरपालिकाले गरिरहेको छ। करिब चार अर्ब भन्दा माथिको लागतमा यो करिडोर निर्माण भैरहेको छ। यो निर्माण सम्पन्न भएपछि प्रत्यक्ष रुपमा कमला नदीले खेतीयोग्य जमिन कटान गर्न रोकिने छ। कमला नदीको छेउछाउमा जमिन भएका कृषकहरुलाई प्रत्यक्ष रुपमा फाईदा हुने देखिन्छ र सयौं बिघा जमिन कटान हुनबाट जोगिने छ।
२.प्रत्येक वडामा बिजुली बत्तीको पहुचमा—
कोहिपनि उज्यालोेबाट बञ्चित हुन नपरोस भन्ने अवधारणा सँगै प्रत्येक वडामा बिजुली बत्तीको बिस्तार गरिएको छ जसमध्ये वडा न.ं१२,१३ र १४ मा बिजुली बिस्तार भैरहेको छ। करिब १३ करोडको लगानीमा प्रदेश सरकार र स्थानीय सरकारले बिद्युत बिस्तार गरेको हो।अहिले करिब ६ करोड खर्च भैसकेको र बाँकी रकम दुई बर्षमा खर्च भई सबै ठाउँमा बिद्युत बिस्तार हुने छ। यसबाट प्रत्यक्ष रुपमा वडा न.ं १२,१३ र १४का वडावासी लाभान्वित हुनेछन।
३.सामुहिक चक्लाबन्दी खेती
परम्परागत खेतीलाई बिस्थापित गरी आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उदेश्यले यसवर्ष देखी दुधौली वडा न.ं २ भलुवाईमा करिब सात करोडको लगानीमा सामुहिक चक्लाबन्दी खेती सुरु गरिएको छ। प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा यो खेती सुरु गरिएको हो। जमिन लाई सम्याई चक्लाबन्दी गर्नेकाम धमाधम भैरहेको छ र यन्त्रहरु खरिद गर्ने प्रकृया सुरु गरिएको छ। यस सामुहिक चक्लाबन्दी खेती सफलता पूर्बक सम्पन्न भएमा परम्परागत खेतीलाई पूर्णरुपमा बिस्थापित गरी आधुनिक कृषि तर्फ लम्किने छ। यसबाट कृषकलाई समयको बचत,जनशतिmको अभावलाई सजिलै परिपुर्ती गरी फाईदा हुने देखिन्छ। अन्नबाली साविक भन्दा बढी उब्जाउ हुने कृषि बिज्ञ बताउँछन। यसपाली वडा न.ं२ बाट सुरु गरे पनि आगामी दिनमा अरु वडामा पनि बिस्तार हुने नगर प्रमुख राउतले जानकारी दिनुभयो।
४.बिपन्न परिवारहरुलाई छानाको व्यवस्था—
कोही नरुझुन कोही भोकै नमरुन भन्नाको खातिर नगरले अति बिपन्न परिवार र पिछडिएको जातीलाई छानाको ब्यबस्था गर्ने भएको छ। जस अनुरुप हाल मुसहरहरुको छाना अर्थात घर बनाईदिएको छ। नगरपालीका र शहरी बिकासको साझेदारीमा लगभग पच्चिस करोडको लगानीमा मुसहर बस्तीका घर बन्न लागेको हो। आ.ब.०७४/०७५ मा ९६ वटा घर बनाईसकिएको छ। आ.ब. ०७५/०७६मा १५० वटा घर बनाईने र यसरीनै क्रमश घर बनाउँदै जाने नगर प्रमुख राउतले जानकारी दिनुभयो। खरको छानोलाई पूर्णरुपमा बिस्थापित गरि नगरमा भएका मुसहर बस्तीका घरहरु नगरले बनाईदिने भएको हो। यस्ता घर लगभग सात सय देखि आठ सय सम्म बनाईने छ। यो योजना पनि नगरको महत्वपूर्ण योजना मध्येको एक हो।
५.एक घर एक धारा
एक घर एक धाराको अवधारणा लाई अवलम्बन गर्ने क्रममा वाटर सप्लाई सिस्टमबाट प्रत्येक घरमा धारा पुराउन लागिएको हो। प्रदेश सरकारले ट्याङ्की निर्माण गरिरहेको छ। अबका बाँकी काम नगरले नै गर्ने छ। शुद्ध खानेपानी सबैको पहुँचमा पुराउनका लागि बृहत खानेपानी योजना सुरु गरिएको हो। यो योजनाले पूर्णरुपमा ईनार कल कुवा लाई बिस्थापित गर्ने छ।
६.प्रत्येक वडामा सडक सञ्जाल—
सडक पनि बिकासका पूर्वाधारहरु मध्ये एक महत्वपूर्ण योजना अन्तर्गत पर्दछ। प्रदेश सरकार र नगरकै मातहतमा सडक बिस्तार भैरहेको छ। हरेक वडा हरेक घर सडकले जोडिउन भन्नाकालागि यो योजना महत्वपूर्ण रहेको छ। बस्ती बस्तीमा टोल टोलमा सडक पुराउने योजना रहेको छ। हाल २५० किमी ग्राबिएल गरिसकिएको र ५२ किमी नयाँ ट्रयाक खोलिएको जानकारी नगर प्रमुख राउतले दिनुभयो। भित्री बाटोमा ६ वा ८ मिटर र बजार क्षेत्रमा १४ मिटर आवस्यक अनुसार कायम गरिएको छ। संभव भए सम्म संघीय,प्रदेश र स्थानीय सरकारको मातहतमा बजार देखि खोरभञ्याङ्ग र बजार देखि खिरियानी हुँदै कर्ता सम्म पीच गरिने पनि राउतले ाजानकारी दिनुभयो।
७.शहिद स्मारक पार्क निर्माण—
नगरको दिर्घकालिन योजना अन्तर्गत र महत्वपूर्ण बिकास मध्येमा पर्छ निर्माणाधिन शहिद स्मारक पार्क। प्रदेश सरकारको सहयोग र नगर सँगको साझेदारीमा करिब २८ करोडको लगानीमा निर्माणाधिन अवस्थामा छ। यो निर्माण सम्पन्न भएपछी आन्तरीक र बाह्य पर्यटन घुम्न बनभोज खान आउने अपेक्षा गरिएको छ।  यी लगायत शिक्षा अन्तर्गत विद्यालयमा शिक्षक अभाव भएका स्थानमा दरबन्दीको सृजना गरि शिक्षकको परिपुर्ती गरिने,बिद्यालयमा छात्रछात्राका लागि खाजाको व्यवस्था,कृषि क्षेत्रमा गोठ सुधारमा अनुदान,कृषि औजार बितरण,खोर सुधारमा अनुदान,यसपालीको बाढीले सिंचाईका कुलो नाली सबै ध्वस्त गरेकाले त्यसलाई पुन निर्माण गरिने,वडा न.ं३,६र ११ मा राष्ट्रपति चुरे संरक्षण र नगरको पहलमा खहरे नियन्त्रण,प्रत्येक वडामा बर्थिङ्ग सेन्टर,एक स्कुल एक नर्सको ब्यबस्था,प्रदेश सरकारको सहयोगमा करिब ६करोड ९३ लाखमा रंगशाला निर्माणका साथै अन्य बिकासका पूर्बधारहरु निर्माण हुँदै जाने दुधौली

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

1 comments:

ऋषी राई said...

कपी पेस्ट उदयश्रीन्युज