आजदेखि श्री स्वस्थानी व्रत शुरु, यस्तो छ धार्मिक महिमा

by 22:21:00 0 comments
सिन्धुली दुधौली नगर पलिका!!! तपोभूमि नेपालमा हिन्दु महिलाले मनाउने एक महिने ब्रत श्री स्वस्थानी आज (शुक्रबार)बाट शुरु हुँदैछ ।                                                 आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले एक महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गरिन्छ ।                                                       व्रतका प्रभावले शिव र पार्वतीको विवाह भएको मान्यता अनुसार परापूर्वकालबाटै चिताएको पुग्ने विश्वासमा श्रीस्वास्थानीको व्रत बस्ने चलन छ । यस अवधिमा स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने परम्परा छ ।                                                                यो वर्त पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ । सत्य युगमा भगवान विष्णुको कृपा अनुसार हिमालय पुत्री पार्वतीले महादेव पति पाउ भनी श्रीस्वस्थानी व्रत बसेको कथा छ ।                                           नेपालभुमि र श्रीस्वास्थानीको महत्व  !!!                        श्रीस्वस्थानीको व्रतमा नेपाली भूमिको वर्णन गरीएको छ । श्रीस्वस्थानीमा चर्चा गरिएको शाली नदी र श्लेशमान्तक वन नेपालमा छ । कथामा उल्लेखित हुने विषय र घटना नेपाल कै सेरोफेरोमा भएको स्कन्द पुराणमा उल्लेख छ । साथै पावर्तीको पिता हिमालय पनि नेपाली हिमक्षेत्रमा रहेको बताइएको छ ।साथै महिनाभरि अनिवार्य ब्रह्मचर्यको पालन गर्नुपर्दछ । शुद्घ वा धोएका वस्त्रहरु पहिरीने र शौच गए पछी हरेक पटक पवित्र जल छर्केर शुद्ध हुनुपर्छ । व्रतको पहिलो दिन अर्थात पौष शुक्ल पूर्णीमाका दिन बिहानै उठी नदिमा स्नान (नदि नभए घरमा तर शौचालय नजाडिएको अलग्गै स्थानमा) गरी शुद्घ वस्त्र पहिरिएर कुशको आसनमा नभए ऊनको त्यो पनि नभए कम्मलको आसनमा बसेर पूजा गर्नुपर्दछ ।त्यसपछी त्यसै अभिशेक बाट ‘मैले आजसम्म मन, वचन र कर्मले जानी नजानी गरेका सम्पूर्ण पाप नाश भई मलाई यस लोकमा सुख शान्ति प्राप्त भई अर्को लोकमा शिवलोक प्राप्ति होस् भन्ने कामना सहित एक महिना सम्म श्रीस्वस्थानी माताको नियम अनुसार व्रत बस्नेछु’ भनी संकल्प गर्नुपर्दछ ।

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: