चिकित्सकले उपचार नगर्दा सिन्धुलीको सिर्थौलीमा एक युवकको मृत्यु

by 23:02:00 0 comments
सिन्धुली : समयमा चिकित्सकले उपचार नगर्दा सिन्धुलीको सिर्थौलीमा एक युवकको मृत्यु भएको छ। दुधौली नगरपालिका ५ सिर्थौलीका लक्ष्मण गोराइतका छोरा वर्ष २१ का शिवाज गोराइतको मृत्यु भएको हो।

सर्पले डसेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी सिर्थौंली लगिएका गोराइतको समयमा उपचार हुन नसक्दा मृत्यु भएको उनका बुबा लक्ष्मण गराइतको भनाइ छ।

सर्पले डसे लगत्तै अस्पताल पु¥याइएको भएपनि अस्पतालका डाक्टर अन्जनध्वज लामालगायतका चिकित्सक वर्थडे पर्टीबाट नआउँदा आफ्नो छोरो गुमाउनु परेको लक्ष्मणले आरोप लगाए।

‘बिहीबार राति करिब १० बजेतिर सर्पले दाहिने हातमा डसेपछि हामीले शिवराजलाई अस्पताल लगेका थियौं। तर, स्वास्थ्य चौकीका इन्चार्ज समेत रहेका डाक्टर लामाको जन्म दिन रहेछ। त्यहाँ सबै कर्मचारी वर्थडे पार्टी खाइरहे। छोराको उपचारमा लापरवाही गरे,’ उनले भने।

अस्पतालमा करिब एक घण्टा डाक्टरको पर्खाइमा बसेको उनको भनाइ छ।  बिरामीलाई सामान्य पट्टी बाँधिदिने काम समेत नगरिदिएपछि उनलाई स्वास्थ्य चौकीतर्फ लगिएको थियो। एम्बुलेन्ससमेत पाएनन्
प्राथमिक स्वास्थ्य चौकी सिर्थौलीका चिकित्सले अनेत्र लैजान एम्बुलेन्स समेत नदिएको उनको आरोप छ। ‘हामीले एम्बुलेन्समा बिरामी लैजान्छौं भन्दा उहाँले कुरै सुन्नु भएन। मोटरसाइकल खोज्दा खोज्दै ढिला भयो। गाउँले मोटरसाइकल लिएर अस्पताल आउँदा छोरो गुमाउनु प¥यो,’ उनले सुनाए।

अस्पतालमा भएको सरकारी मोटरसाइकलमा राखेर दुधौलीसम्म जान सहयोग गरिदिन भन्दा समेत अस्पतालका कर्मचारीले नमानेको उनको आरोप छ।

स्थानीयको आन्दोलन
अस्पतालका कर्मचारीले सामान्य उपचार समेत नगर्दा बिरामीको मृत्यु भएको भन्दै चिकित्सक र कर्मचारीलाई कारबाहीको माग गर्दै स्थानीय आन्दोलित भएका छन्।

उनीहरुले लापरबाही गर्ने स्वास्थ्यकर्मीमाथि कारबाही हुनु पर्ने, अस्पतालमा सर्पले डसेको उपचार गर्ने चिकित्सकको व्यवस्था हुनु पर्ने, अस्पताल संचालक समितिलाई कारबाही हुनुपर्ने लगायतका ९ बुँदे माग गर्दै शुक्रबार स्थानीयले अस्पताल घेरेका थिए।

उता चिकित्सक लामाले भने आफूलाई एन्टी स्नेक भेनस चलाउने विषयमा जानकारी नभएकाले रिफर गरेको बताए। ‘हामीले बिरामीको कुनै ख्याल नगरेको होइन। हामीसँग त्यसबारे विज्ञ नभएपछि अनेत्र लैजान भनेर रिफर गरेका थियौं’, डाक्टर लामाले भने, ‘उहाँहरुनै ढिला आउँदा यस्तो अवस्था आएको हो।’

धामीझाँक्रीले फुकेर घाइते

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: