जब आर्यन सिन्धुलीको दुधौली पुगे ।

by 04:18:00 0 comments


एक बिहानै आफ्नो घर धन्दा, छोराछोरी छाडेर दुधौलीका महिला नायक आर्यन सिग्देललाई एक पटक हेर्न भएपनि उनी बसेको घरमा आइपुगे । औषधी वितरणका लागि सिन्धुली पुगेका नायक आर्यन सिग्देललाई हेर्नका लागि उनी बसेकै घर अगाडि महिला, बालबालिका, यूवा-यूवतीको भिड लाग्यो ।
बिहान ५ बजे नै पुगेका उनीहरुले करिब ९ बजेसम्म आर्यनको एक झलक हेर्न प्रतिक्षा गर्नुपर्‍यो । किन आउनुभएको एक बिहानै, एक महिलासँग अनलाइनखबरले प्रश्न राख्दा उनले भनिन्-‘हिरोलाई हेर्न आएको’ । हलपनि नभएको सिन्धुलीको दुधौलीमा रहेका हजारौ बासिन्दा आर्यनलाई हेर्नका लागि प्रतिक्षारत थिए ।
बिहान करिब ९ बजे ४ घन्टाको प्रतिक्षापछि आर्यन सिग्देललाई देख्दा उनीहरु झुम्मिए, फोटो खिचाए ।
aaryan with crowdआर्यनको तस्बिरलाई ठूलो बनाए राख्ने सपना केही यूवती र महिलामा देखियो । आफ्नो काम भन्दा हिरोलाई हेर्नु ठूलो कुरा भएको भन्दै ४ घन्टाको प्रतिक्षा लामो नभएको प्रतिक्रिया केहीको थियो । यस्तो भिड आइतबार बिहान मात्र होइन शनिबार बेलुकी पनि देखियो, जब आर्यन सिन्धुलीको दुधौली पुगे ।
उनी रोकिएको एक घरमा उनलाई हेर्नका लागि मानिसहरु ट्याक्टरमा चढेरै आइपुगे । आर्यन रातको १२ बजेसम्म फ्यानको घेरामा घेरिएका थिए । उनीसँग तस्बिर खिचाउँने र उनलाई हेर्ने चाहना मानिसहरुमा खुबै देखियो । आर्यन आउने कुराले शनिबार दिउँसो ३ बजेबाटै ५  सय बढी जम्मा भएका थिए ।
नेपाली कलाकारले आफ्नो क्रेज नै बनाउन सकेका छैनन् भनिन्छ । तर, काठमाण्डौका केही मल्टिप्लेक्स हलमा रमाउने कलाकारलाई छाड्ने हो भने सिन्धुली जस्ता कैयौ स्थानमा नेपाली कलाकारको फ्यान क्रेज लोभलाग्दो छ ।
आर्यनलाई स्थानिय बासिन्दाले त्यहाँबाट नफर्किन्जेलसम्म छाडेनन् । कमला बहुमुखी क्याम्पसमा सम्मानका लागि पुगेका आर्यनलाई हेर्न त्यहाँ सयौ विद्यार्थी पहिले नै बसेका थिए । आफ्नो काम छाडेर महिला, बालबालिका र यूवायूवती कमला क्याम्पस पुगे ।
दुधौलीमा नेपाली हल छैन । टेलिभिजनमा देखेको आधारमा नै एउटा नायकले यत्रो क्रेज बटुलेका छन् ।

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: