सिन्धुलीको चन्दनपुर जग्गा अतिक्रमण बढ्दो

by 09:14:00 0 comments
सिन्धुली कमलामाई नगरपालिका अन्तर्गत १४ नम्बर वार्ड चन्दनपुर र दुधौली नगरपालिका ३ को झुंगा नजिक जंगल फँडानी गरेर बस्ती बसाल्ने क्रम बढ्दै गएको छ । उक्त क्षेत्रमा सयौं बिघा जंगल फडानी गर्दै मानवबस्ती बसेको छ । स्थानीयका अनुसार दुई दशकअघिदेखि सुरु भएको फँडानी हुने क्रम अझै रोकिएको छैन ।                                                   जंगल फँडानी भई मानवबस्ती बसेपछि चुरेक्षेत्र विनाश हुँदै गएको छ ।   फँडानी हुने क्रम पहिलेदेखिनै भएपनि एक दशकदेखि जग्गा हुनेहरूले समेत सडक छेउमा घर बनाउन पाइने लोभले सुकुम्बासी बनेर चुरे जंगल अतिक्रमण गरेका हुन् । चुरे क्षेत्रको जंगल अतिक्रमण गरेर खेती लगाउने लगायत पक्की घरहरूसमेत बनेक्रम बढेको छ । धरान, चतरा, सिन्धुली हुँदै हेटौंडा जोड्ने मदन भण्डारी राजमार्गले सारिएको सडकलाrई नै कायम गरी कालोपत्रे गर्न सुरु भएपछि सुुकुम्बासीका नाममा अतिक्रमण गर्नेहरूमा उत्साहित भएको स्थानियले बताएका छन् ।     अतिक्रमणकारीहरूले सालको रूखलाई पहिलो वर्ष फेदमा बोक्रा काटेर घेरिदिने, रूख सुक्दै गएपछि ढाल्ने चलन भएको स्थानीयले बताएका छन् । बर्सेनि फँडानी भइरहे पनि कसैले वास्ता गरेको छैन । वर्षौदेखि सुकुम्बासी भई घर बनाएर बसेकाहरू भने जग्गाधनी पुर्जा नपाएको गुनासो गर्छन् । सुकुम्बासीको नाममा फँडानी गर्नेले पहुँचका आधारमा जग्गा ओगट्ने गरेका छन् । सक्नेले ५ देखि १५ कठ्ठासमेत लिएका छन । चार दशकभन्दा अघिदेखि छाप्रो हालेर बसेका भने त्यसमै सीमित देखिन्छन् ।

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: