सिन्धुलीगढीमा प्रवेश गर्न अब शुल्क तिर्नुपर्ने

by 09:45:00 0 comments
सिन्धुली – ऐतिहासिक सिन्धुलीगढीमा प्रवेश गर्न अब शुल्क लाग्ने छ । मंगलबार पाँचौ नगरसभामा कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले आर्थिक विद्येयक २०७६ प्रस्तुत गरि पास भएपछि गढीमा प्रवेशका लागी कानुनी रुपमै प्रवेश शुल्क लिनका लागि कमलामाई नगरपालिकालाई बाटो खुला भएको हो ।                                                           पास भएको विद्येयकको अनुसूचि १० मा पर्यटन सेवा शुल्क निर्धारण गरिएको छ । यस्तो सेवा शुल्क सिन्धुली जिल्लामा पहिलो पटक लागु भएको हो । ऐतिहासिक सिन्धुलीगढीलाई व्यवस्थित गर्न उक्त शुल्क ल्याइएको हो ।                                                    ऐतिहासिक सिन्धुलीगढी सरसफाई तथा संरक्षण प्रवेश शुल्क भनि लगाईएको उक्त शुल्कमा स्वदेशी नागरिकलाई ५० रुपैंया, विदेशी नागरिकलाई एक सय रुपैंया, विद्यार्थी जेष्ठ नागरिकलाई २५ रुपैंया, वनभोज कार्यक्रम गर्ने समूहलाई ५ सय रुपैंया शुल्क निर्धारण गरिएको छ ।                                                  यस्तै सिन्धुलीगढी प्रवेशका लागि सवारी साधनलाई पनि शुल्क लगाइने भएको छ । विद्येयकको अनुसूचिमा उल्लेख गरिए अनुसार ठूला बसलाई दैनिक १ सय, मिनिवस जिप कारका लागि दैनिक ५० रुपैंया र अन्य साना सवारी साधानहरु स्कुटर मोटरसाईकललाई दैनिक २० रुपैंया शुल्क निर्धारण भएको छ ।                                                                  सिन्धुलीगढीमा जेठदेखि नै शुल्क लिन थालिएको भए पनि अब बैधानिक रुपमा शुल्क निर्धारण भएको नगरपालिकाले जनाएको छ । सिन्धुलीगढीमा दैनिक २ देखि ७ सयसम्म पर्यटकहरु आउने गरेका छन भने दैनिक कम्तिमा १० हजारदेखि १५ हजारसम्म रकम संकलन हुदै आएको छ ।

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: