कमला नदी बहुउद्धेशिय करिडोर निर्माण हुने

by 04:57:00 0 comments

दुधौली नगरपालिका सिन्धुलीमा कमला नदी बहुउद्धेशिय करिडोर निर्माण हुने भएको छ । कमलामाई नगरपालिका र दुधौली नगरपालिकाको सिमानाका पनि रहेको कमला नदिमा ड्याम बनाई त्यसमा माथी बाट करिडोर निर्माण सँगै अन्य परियोजना सञ्चालन गरिने भएको हो ।                            कमला नदि नियन्त्रण सँगै, दुधौली नगरपालिका अन्र्तगत कमला नदि किनारका बिभिन्न वडाहरु समेटेर हाल ७ मिटर चौडाई र ४० किलोमिटर लम्बाईको सडक निर्माणका लागी डिटेल प्रोजेक्ट रिर्पोट डिपिआर निर्माणको काम भईरहेको दुधौली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र पौडेलले बताए ।                                                            बहुउद्धेशिय करिडोर ठुलो परियोजना भएको र हाल नदिको बहाव परिवर्तन सँगै नदिले अतिक्रमण गरेको जमिनको प्रारम्भिक लगत संकलन भईरहेको उनले बताए । खास गरी नगरको १,२,३,४,५,६ त्यसैगरी ९,१० र ११ नं वडाका जमिन बढी अतिक्रमित भएको र त्यसमध्ये वडा नं २ को लगत संकलन कार्य अन्तिम चरणमा पुगेको अधिकृत पौडेलले बताए । जमिनको लगत संकलन सँगै ऐलानी जग्गाको संरक्षण र व्यक्तिको नाममा रहेका जग्गा फिर्ता गरिने उनले बताए । ड्याम निर्माण सँगै डयामबाट नगरका बिभिन्न वडामा सिँचाई सुबिधा पुरयाउने र माछापालन गर्ने पनि लक्ष्य छ ।

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: