जंगली हात्तिका कारण स्थानिय त्रसित सिन्धुली कमलाखुज

by 07:28:00 0 comments
तीन वटा जंगली हात्तिले गाँउ नछाड्दा सिन्धुली कमलाखुँज क्षेत्रको रानीबास र निपानेका बासिन्दा त्रसित अवस्थामा बाच्न बाध्य हुदै आएका छन् ।             बिगद दुई बर्षभन्दा बढी समयदेखि कमलामाई नगरपालिकाको वडा नं. १३ र १४ रानीबास तथा दुधौली नगरपालिकाको वडा नं. १ निपानेका बासिन्दालाई तीन वटै जङगली हात्तिले दुःख दिदै आएको छ ।                                                                  दुधौली नगरपालिका–३ निपानेमा पनि तीनै जङगली हात्तिको आक्रमणबाट जनजीवन आतङकित बन्दै आएको स्थानीय बासिन्दा बताउछन् । यो बर्ष मात्रै रातीको समय जङगलबाट निस्किने ती हात्तिले एक दर्जन घर भत्काउनुका साथै अन्नबाली खाएर क्षेती पुर्‍याएको उक्त वडाका अध्यक्ष साने धामीले जानकारी दिए ।                                               ‘हात्तिका कारण राम्रोसँग सुत्न समेत पाईएको छैन,’ उनले भने, ‘बिहानीपख हात्ति जङगल पस्ने र रातको समयमा बस्तीमा आई घर भत्काउनुका साथै अन्नबाली खाएर आतङकित पार्दै आएको छ ।’ विशेष गरी हात्तिले रातीको समयमा दुःख दिने गरेकाले निद्रा माया मारेर रातभर जाग्राम बस्न बाध्य भएकोे स्थानीयहरुको भनाई छ । हात्ति बस्तीमा आएपछि स्थानीयले थाल ठटाएर र धुनी बालेर हात्तिलाई धपाउने गरेका छन् ।

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: