शिक्षकको स्थायी दरबन्दी पुर्नवितरणको तयारी

by 21:38:00 0 comments
। सरकारले शिक्षकहरुको स्थायी दरबन्दी पुर्नवितरण गर्ने भएको छ। स्थानीय तहहरुमा शिक्षकहरुको स्थायी दरवन्दी पुर्नवितरण गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अन्तिम तयारी थालेको छ।   देशभरका सामुदायिक बिद्यालयमा बिद्यार्थीको अनुपातमा शिक्षकहरुको दरबन्दी निकै कम रहेको छ। विद्यार्थीको अनुपातलाई हेरेर सरकारले स्थायी दरबन्दी पुर्नवितरण गर्ने जनाएको छ। सरकारले शिक्षक र विद्यार्थीहरुको संख्याबीच असन्तुलन देखिएकाले दरबन्दी पुनर्वितरण गर्न लागेको हो।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षकहरुको दरवन्दी पुर्नवितरण गर्ने कार्यदलले बनाएको प्रतिवेदन मन्त्रीपरिषद् बैठकमा पेश भइसकेको बताए। मन्त्रीपरिषदबाट पारित र प्रमाणित भएलगतै दरबन्दी वितरण गरिनेछ, शिक्षामन्त्री पोखरेलले भने, ‘पहिलो प्राथमिकता शहरलेभन्दा गाउँले पाउनेछन्, गाउँपालिकामा स्थायी दरबन्दी धेरै पठाउँछौ।’दरबन्दी पुर्नवितरणका लागि मन्त्रालयले शिक्षाविद् महाश्रम शर्माको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलको प्रतिवेदन मन्त्रीपरिषद्ले पेश गरेको मन्त्री पोख्रेलले जानकारी दिनुभयो 

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: