हिजो एकजना गाउँकै दाइले फेसबुकमा म्यासेज गर्नुभयो | “हेई शिवानी, फ्रेन्ड रिक्वेष्ट पठाएको छु, किन एसेप्ट नगरेको ? लेख्नु भएको रहेछ। कसैको मित्रताको अनुरोध स्वीकार गर्ने नगर्ने मेरो खुसीको कुरा हो| मलाइ ठिक लागे गर्छु नत्र गर्दिनँ, झन् हदै चित्त नबुझ्दा उसलाई सधैंको लागि ब्लक गर्ने अधिकार मलाइ फेसबुकले दिएको छ, मान्छेहरु किन आफुलाई यति महान सम्झिन्छन मैले बुझ्न सकेकी छैन । फेसबुकले निश्चित संख्यामा मात्रै साथी राख्न पाउने प्रणाली बनाएको छ, त्यो संख्या मेरो पहिला नै पुरा भईसकेको कारणले मैले नया अनुरोधलाई खासै वास्ता गरेकी छैन। –लेखक शिवानी रानी सामाजिक संजालबाट साभार अरुले के कारण र उदेश्यले फेसबुक चलाउछन मलाइ थाहा भएन| तर मैले केहि सिक्न जान्न र नया खबरहरु पढ्नको लागि चलाउछु। गाउँकै दाजु भएको कारणले उहालाई अर्को एकजना साथि हटाएर भएपनि मैले साथी बनाएँ| तरपनि मनमा किन त्यस्तो आदेशात्मक शैली अपनाए भनेर खुल्दुली र दुखेसो भइराख्यो| अनुरोध स्वीकार्ने बित्तिकै फेरी म्यासेज आयो, “आहा! कति राम्री छौ है तिमी त। मैले केहि प्रतिकृया जनाइन साथी बनाएकोमा सामान्य आभार व्यक्त गर्नपनि कन्जुस्याई गरे त्यसपछि लगातार मेरा पोष्ट र फोटाहरुमा गाउँले दाजुको कृपा हुनथाल्यो पाँच मिनेटमा लगभग मलाइ पचास लाइक र आठदश कमेन्ट दिएर धन्य बनाए| मैले धेरै मिहेनत गरेर लेखेका लेख र स्टाटस उनले यति छिटो पढेर प्रतिकृया दिए जस्तो मलाइ लाग्दैन| कति गहन र गम्भीर पोष्टमा पनि “कुरा सहि हो” “ल ल दाम्मी छ” “यु आर राइट” जस्ता पदौरे कमेन्ट देखेर मलाइ धेरै दुख लाग्यो। मेरा तस्वीरहरूमा “आहा! कति राम्री“वाउ लुकिंग सेक्सी “साे हट जस्ता कमेन्ट देखेपछि मेरो रिसको पारो तात्यो फेरी दाजुले हत्तपत्त मलाई म्यासेज गरे “के छ रानी ? यस्तो लाग्थ्यो मलाई पचास लाइक र आठदश कमेन्ट दिएर फकाइसके मलाई तिनको पागलपन देखेर एकछिन कुरा गरौँजस्तो लाग्यो, मैले सोचें यिनले मलाइ चिन्छन कि चिन्दैनन् ? कुरा गर्ने क्रममा थाहा भयो, यिनले मलाइ चिन्दैनन्| गाउँको हो भन्ने थाह छ तर कसको छोरी या बहिनी भन्ने थाह छैन| धेरै बर्ष गाउँ बाहिर बसेर बुढेसकालमा बिदेशिएका यी दाइको बारेमा मलाइ भने धेरै कुरा थाह थियो , यिनकी छिमेकी बहिनी मेरी साथी भएकी र म त्यहाँ सानैदेखि जाने भएकोले यिनलाई म राम्ररि नै चिन्थे , यसबीचमा यिनले दुइपटक मेरो मोबाइल नम्बर मागे भने तीनपटक म्यासेन्जरमा कल गरे, मैले दुबैलाई इन्कार गरें| मैले अब मेरो काम छ पछी कुरा गरौंला भन्दापनि नसुनिकन उनी आफ्नो काम र तलबको बढाईचढाई ब्याख्या गर्नेमा व्यस्त रहे, अन्तिममा केहि उपाय नलागेपछि मैले भनें “म तपाईलाई अंकल भन्छु नि ल ,दाजु आत्तिदै भन्छन् “हैट ! के भनेको त्यस्तो ? बरु हामि लप गरौँ न, आइ लप यु ” तिनको पछिल्लो शब्दले मलाइ रन्थन्यायो , आखिर के सम्झिन्छन छोरा मान्छेहरु आफुलाई ? कसरि यस्तो सोच्न र भन्न सक्छन ? एक छोरा र एक छोरीका बाउ भएर आफ्नो छोरीजस्ती केटीलाई आफ्नै गाउँको भनेर जान्दाजान्दै कसरि यस्तो कुरा भन्न सक्छन ? के लाज, डर, घिन, इज्जत केहि हुन्न यिनको ? म सरासर उनको प्रोफाइलमा गएँ , कतै फेक अकाउन्ट त होइन भन्ने जिज्ञासाले , तर होइन उनको आफ्नै अकाउन्ट थियो, उनले केहि घण्टा अगाडी छोरीको फोटो हालेका रहेछन, “मेरी गुडिया आइ लप यु” लेखेर , मलाइ यो “आइ लप यु” शब्दसँग धेरै घिन लाग्यो, मलाइ पनि मेरा आफन्तले “आइ लप यु” भन्नुहुन्छ।यी एक प्रतिनिधि पुरुष हुन् हाम्रो समाजका| यसो भन्दा सबै पुरुष यस्तै हुन्छन् भन्ने हुँदैन, धेरै राम्रा पुरुषहरु पनि छन्, तर राम्राहरुलाई यी र यस्ता कुपुरुषहरुले छाँ’यामा पारेका हुन्छन्, अझैपनि धेरै पुरुषहरु त्यस्ता छन् जसको म्यासेज रिप्लाई नगर्दा “ओइ #लु, एकरातको कति लिन्छेस ?” “किन भाउ खान्छेस र#डी ? “बोल्दिनस भने किन अनुरोध स्वीकार गरिस ?” भन्नेजस्ता म्यासेज पठाउछन् , हाम्रो आफ्नै काम हुन्छ, आफ्नै व्यस्तता हुन्छ, सधैं सबैलाई जवाफ फर्काएर बस्न सकिदैन, फेरी मलाइ यसो भने भनेर कसलाई सुनाउदै हिड्ने ? ब्लक या डिलिट कतिलाई गर्ने ?कतिलाई ति दाजुलाई जस्तो शिक्षा सिकाउने ? अर्कोकुरा फेरी, यो फेसबुक नचलाई पनि नहुने कुरो। यस्तो कार्यमा सबैभन्दा अगाडी घर छोडेर परदेशिएकाहरु छन् मेरो निजि अनुभवमा। तिनीहरु कतार, दुबई, साउदीजस्ता खाडी मुलुकमा छन् कि त फेरी मलेशियामा छन्, तर तिनीहरु कै वालमा हेर्ने हो भने, देश बिग्रियो, समाज सकियो, संस्कारको सत्यानाश भयो भन्नेजस्ता राग अलापेर बसेका हुन्छन्, समाजको एउटा हिस्सा मपनि हुँ, मैले गरेको हर्कतले अरुलाई कति असर परेको छ भनेर कहिल्यै सोच्दैनन्| आफ्नो निर्णय र आदेश लाद्न पल्केकाहरु नै देशको मुख्य दुश्मन हुन्आफ्नो कुरा अरुले मान्दा र आफुले हेप्न पाउँदा आफुलाई मर्द सम्झेर मख्ख पर्छन, छोरीमान्छेलाई छाडा बोलेर, हेपेर, अपमान गरेर कोहिपनि मर्द हुँदैन| मर्दले त नारीको इज्जत र रक्षा गर्छ| अशक्त र बच्चालाई प्रेम बाड्छ, पिडितको उद्दार गर्छ| धर्मको पालना गर्छ| करीब दश मिनेट पछि तीनले रोइ कराई गरेपछि त्यो पोष्ट हटाएँ मैले, सोचें उनकी छोरीले त्यो कुरा हेरी भने के सोच्छे होला? छोरीको आँखामा आफ्नो बाबु जस्तो भएपनि एउटा आदर्श पुरुष हुन्छ। मेरी एउटी साथी छे, अन्जली। हामी सानैदेखि गाउँमा सँगै पढेर काठमाडौं पनि सँगै आएका हौँ। हामी दुबैका दाजुहरु यहिँ बस्ने भएकोले यता आएपछि बसाइ अलगअलग भयो. पढाइको रुचि अनुसार फरकफरक कलेज रोजियो।हाम्रो शरीरमा तर त्यसैलाई आफ्नी श्रीमती बनाउन यिनलाई संस्कारले रोक्छ रे। यिनलाई दलित पछाडी हिडेको मनपर्छ, सँगै हिड्नु हुँदैन हुनत अन्जली म पनि तिमीलाई पींडा दिने पीडक जातको हुँ। मैले पींडा नदिए पनि मेरा सजातियहरुले तिमीलाई सदियौं देखि सहिनसक्नु पींडा दिए। तर अब मलाइ मेरो जातमोह छैन हो, मलाइ घिन लाग्छ मेरो उपल्ल्लो भनिएको जातसंग, मैले बिना मिहेनत पाएको यो जात यहि समाजलाई फिर्ता दिन्छु। थुक्क मेरो जात! जोवन चल्ने, भोजन नचल्ने।
Madan anjan
DeveloperCras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.
0 comments:
Post a Comment