मदन भण्डारी राजमार्गको निर्माण तिब्र, अबको एकै वर्षमा तराई नछोई काठमाडौं सम्म  

by 23:03:00 0 comments
,सिन्धुली – सरकारको मुख्य प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग (धरान–चतरा–सिन्धुली–हेटौंडा वैकल्पिक राजमार्ग) को निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ। केही स्थानमा अवरोधका कारण निर्माण हुन नसके पनि धेरै स्थानमा निर्माण कार्य अन्तिम चरणमा पुगेको हो। सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुर जिल्लाका भित्री भागलाई जोड्ने २५० किलोमिटर लोकमार्गलाई दुई खण्डमा विभाजन गरी निर्माण कार्य भइरहेको छ ।                                             यो सडकबाट तराईका जिल्लालाई नछोई काठमाडौं पुग्न सकिन्छ । आव ०६४/६५ देखि सुरु भएको उक्त योजनामा सरकारले बर्सेनि ८ करोडदेखि २५ करोडसम्म बजेट विनियोजन गर्दैआएको थियो । भित्री मधेसका चार जिल्ला मकवानपुर, सिन्धुली, उदयपुर र सुनसरीका करिब ५० लाख बासिन्दालाई प्रत्यक्ष लाभ पुर्‍याउने उक्त सडकलाई दुई लेनको बनाउने कार्यभइरहेको छ ।                                                 सिन्धुलीको भिमानदेखिहेटौंडा उपमहानगरपालिका–६ चौघडासम्म ११५ किलोमिटरलाई पश्चिम खण्ड र उदयपुरको बसाहादेखि सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानसम्म १३५ किलोमिटरलाई पूर्वीखण्डमा बाँडेर काम भइरहेको हो । ०७३ कात्तिकमा सम्झौता भई निर्माण सुरु गरिएको उक्त लोकमार्ग ०७७ भदौमा सम्पन्न गर्नुपर्ने समयावधि तोकिएको छ ।                                                  राजमार्गको पूर्वी खण्डमा ५० किलोमिटर कालोपत्रे भइसकेको निर्माण कम्पनीले जनाएको छ। ‘समग्रमा पूर्वी खण्डको प्रगति ६० प्रतिशतभन्दा बढी भइसकेको छ,’ पूर्वी खण्डका आयोजना प्रमुख ललितजंग खनालले भने, ‘धेरै स्थानमा कालोपत्रे तयारी भइरहेको छ धमाधम निर्माण हुँदै छ। सडकको ग्रेड मिलान गरी सब–बेस हाल्नुका साथै कालोपत्रे गर्ने कार्य धमाधम भइरहेको छ, पूर्वी खण्डमा त्यस्तो ठूलो विवाद छैन, सामान्य विवाद ठूलो समस्या होइन।’                      सरकारले उक्त सडकलाई प्राथमिकताको आयोजनामा राखेर चालु आर्थिक वर्षका निम्ति ३ अर्ब ६२ करोड रुपैयाँ विनियोजन गरेको छ । तोकिएको समयभन्दा अगावै काम सक्ने निर्माणकम्पनीले १० प्रतिशत बोनस पाउने र समयमा पूरा नगरे कम्पनीले १० प्रतिशत हर्जाना बेहोर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तो व्यवस्था गरिएको नेपालको यो एक मात्र सडक आयोजना हो ।

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: