मलेसिया जाने साइत गरेर काठमाडौँ आएका सिन्धुलीका झलक र कोष्टराज, जव तिनकुनेमा पुग्दा छाङ्गाबाट खसे जस्तो भए !

by 21:22:00 0 comments
वैदेशिक रोजगार विभागले मलेसिया पठाउने भन्दै कामदारसँग अवैध रकम लिँदै गरेको अवस्थामा आज एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको मौवाखोला गाउँपालिकाका कैलाश लिम्बू छन् ।लिम्बूले मलेसिया पठाइदिने भन्दै सिन्धुलीको कमलामाई नगरपालिका–११ का झलकबहादुर विक र कोष्टराज विकसँग रु एक लाख २० हजार लिएका थिए । लिम्बूले शुक्रबार उनीहरुलाई ‘शनिबार उडान छ, पैसा लिएर आउनु’ भनेर बोलाएपछि झलकबहादुर र कोष्टराज मलेसिया जाने साइत गरेर काठमाडौँ आएका थिए । शनिबार उडान भनेर आए पनि आफूहरुको श्रम स्वीकृति नभएको र चर्को रकमसमेत मागेको भन्दै उनीहरुले विभागमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा विभागले तीनकुनेमा रहेको नोभा इन्टरनेशनलको कार्यालयबाट लिम्बूलाई पक्राउ गरेको हो ।विभागको टोली अनुगमनमा पुग्दा लिम्बूले निजहरुसँग पैसा लिएर सोहि म्यानपावरका कर्मचारी गोकुल न्यौपानेलाई बुझाइसकेका थिए । विभागले न्यौपानेसँग रहेको रु एक लाख २० हजार नगदसमेत बरामद गरेको छ । यसअघि पनि लिम्बूले उनीहरुसँग प्रतिव्यक्ति रु ४०÷४० हजार लिएको अनुसन्धानबाट खुलेको छ । पीडितले आइएमईमार्फत लिम्बूलाई रकम पठाएको प्रमाण विभागलाई बुझाएका छन् ।लिम्बूमाथि कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले जानकारी दिनुभयो । सरकारले एजेन्ट खारेज गरे पनि अझै पनि म्यानपावरले वैदेशिक रोजगारीमा जाने व्यक्तिसँग एजेन्टमार्फत नै रकम उठाउने गरेका छन् ।

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: