कोभिड-१९ विरुद्ध पूर्व तयारी संगै दुधौलीमा घर–घरमा टोली परिचालन र भलुवाही मा पनि क्वारेन्टाइन स्थापना

by 09:21:00 0 comments
सिन्धुली, १४ चैत्र ÷ दुधौलि नगरपालिकामा प्रवेस गर्ने नाकाहरुमा नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ । नगरपालिकामा प्रवेस गर्ने झुगाँ, खोक्सा, र सिम्राइ नाकामा प्रवेश रोक गर्न प्रहरी परिचालन गरिएको हो ।
यस्तै दुधौली नगरपालिकाले सवैको घर घरमा पुगेर लकडाउनको अवधिभर अत्यावसेक काम बाहेक हिड्डुल नगर्न आग्रह गरिएको मेयर घनश्याम राउतले जानकारी दिनुभयो । घर–घरमा स्वास्थ्य स्वयमसेविका, जनप्रतिनिधिको टोली पठाई नियमित सावुन पानीले हात धुन र कोरोनबाट बच्ने उपायका बारेमा समेत जानकारी गराईदै आई रहेको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाले उत्पादन गरेको माक्स वडामा दिईएको र वडा स्तरबाट पनि निःशुल्क माक्स वितरण भै रहेको छ ।    यस्तै नगरपालिकामा विदेशबाट आएका ३७ जना ब्यक्तिहरुको निगरानी गरि रहेको छ । स्वस्थ्यकर्मी र नगर प्रहरीको टोलीले विदेशबाट आएका व्यक्तिहरुको नियमित स्वास्थ्य जाँच गरि रहेको मेयर राउतले जानकारी दिनुभयो ।
यदि कुनै पनि व्यक्तिमा कोरोनको लक्ष्यण देखिएमा २ वेडको आइसोलेसन र निगरानिमा राख्न दुधौलीमा रहेको कवड हलमा १० वेडको क्वारेन्टाईन निर्माण गरिएको र थप १० वेडको क्वारेन्टाईन निर्माण भै रहेको उहाँले जानकारी दिनुभयो । प्राथामिक स्वस्थ्य केन्द्र सिर्थौलीमा २ वेडको आइसोलेसन तयारी अवस्थामा रहेको र कमला माध्यमिक विद्यालय भलुवाहिमा १० वेडको क्वारेन्टाइन निर्माण सम्पन्न हुन लागेको उहाँको भनाई रहेको छ । यसका साथै नगरपालिकाले हेल्थ डेक्स, फिवर क्लिनिक स्थापना रसर्वसाधारणलाई कोरोनाबारे जानकारी गराउन प्रचास प्रसारको काम पनि तिव्र रुपमा भएको उहाँले बताउनुभयो 

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: