दुधौली नगरपालिकाको 'बेइमानी'ले राज्यको दुई करोड बढी झ्याम !

by 02:57:00 0 comments
सिन्धुलीको दुधौली नगरपालिकाले ठेगेदारलाई फाइदा पुग्ने गरी १ करोड ७७ लाख १९ हजार मिनाहा गरेको देखिएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनमा दुधौली नगरपालिकाले औचित्यपूर्ण नदेखिने खर्च गरेको जनाएको हो ।
महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ, ‘कमला नदीको खोरखोलादेखि डकाहा बजारसम्म स्थानीय बासिन्दाको अवरोधका कारण नदीजन्य पदार्थ संकलन गर्न नसक्ने भएकाले बाँकी किस्ता मिनाहाका लागि नगर प्रमुखसमक्ष निवेदन पेस गरेकामा २०७६ जेठ ३१ को बैठकले नगर सभाबाट समर्थन हुने गरी ठेक्का रद्द गर्ने तथा बैंक ग्यारेन्टी फुकुवा गर्ने निर्णय गरिएको पाइयो ।’
महालेखा प्रतिवेदनमा अगाडि लेखिएको छ, ‘व्यवसायीले २०७५ फाल्नुन २८ गते नदीजन्य पदार्थ संकलन गरेको अवस्थामा दामासायीले रकम असुल गर्नुपर्नेमा कार्यालयले सम्झौताको शर्त विपरित ठेगेदारलाई फाइदा पुग्ने गरी रु. एक करोड ७७ लाख १९ हजार मिनाहा गर्ने निर्णय औचित्यपूर्ण देखिएन ।’
यस्तै दुधौली नगरपालिकाले नाफामुलक सहकारी संंस्थाले व्यहोर्नुपर्ने रकम नगरपालिकाले ब्यहोरेको पाइएको छ । महालेखा प्रतिबेदनमा भनिएको छ, ‘उक्त कुरा औचित्यपूर्ण देखिएन ।’
महालेखा प्रतिवेदनमा अगाडि भनिएको छ, ‘कृषि ज्ञान केन्द्र सिन्धुली र श्री नमूना बचत कृषि सहकारी संस्था लिमिटेडबीच सम्झौता भइ कृषि औजार उपकरण खरिद गर्नका लागि रु १ करोड बजेटमध्ये ३० प्रतिशत लागत सहकारीले ब्यहोर्नुपर्ने उल्लेख छ ।’
उक्त लागत सहभागिता अनुसार सहकारीले ब्यहोर्नु पर्ने रु ३० लाख दुधौली नगरपालिका सिन्धुलीले उक्त सहकारीलाई उपलब्ध गराएको महालेखा प्रतिबेदनमा छ । नाफामुलक सहकारी संस्था र कुनै अर्को सार्वजनिक निकायबीच भएको सम्झौता बमोजिम उक्त सहकारी संस्थाले ब्यहोर्नुपर्ने लागत सहभागिताको रकम नगरपालिकाले ब्यहोरेको औचित्यपूर्ण नदेखिएको औंल्याएको छ ।
महालेखा प्रतिबेदनमा भनिएको छ, ‘कृषि औजार, उपकरण आपूर्तिका लागि ज्ञान केन्द्रले आह्वान गरेको बोलपत्र रद्द भइ उक्त कार्यक्रम संचालन नभएकाले भुक्तानी रकम असुल गरी स्थानीय संचित कोषमा दाखिला गर्नुपर्छ ।’
महालेखाको प्रतिवेदनमा औचित्यपूर्ण र मितव्ययी नदेखिनु भन्नु अनियमितता भएको औंल्याएको महालेखाका एक सहसचिवले बताए ।
यो विषयमा मेयर घनश्याम राउतसँग पटकपटक सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेन ।

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: