दुधौलीमा नगर पालिका मा लकडाउनको उल्लंघन, फुटबल खेल हेर्न सयौंको भीड हेर्नुस

by 08:03:00 0 comments

 दुधौली–२ तल्लो हत्पतेको आयोजनामा भनिएको फुटबल टुनामेण्टमा नगर भित्रका १२  समूह सामेल भएको जनाइएको छ । प्रति समुह एक हजार पाँच रुपैयाँका दरले दर्ता शुल्क उठाएर खेलको आयोजना भएको हो । आयोजक मध्येका एक जना सदस्यले पहिलो पटक भएको लगडाउन खुलेपछि खेल सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘फेरि लगडाउन भयो । अव खुल्ने कहिले हो ठेगान छैन,हामीले सुरु गरिसकेको खेल फाइनल गरेका हौँ ।’


एक स्थानीय तथा खेलको प्रत्यक्षदर्शीका अनुसार अधिकांश उपस्थित दर्शकले मास्क समेत लगाएका थिएनन् । कोरोना भाइरसका संक्रमित बढिरहेका बेलामा यसरी दूरी समेत कायम नगरि फुटबल खेल संचालन भएको हो । यसको विरोधमा सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

नेपाली कांग्रेसकी नेत्तृ नेपाल महिला संघ,सिन्धुलीका अध्यक्ष गंगा दाहालले कोरोना भाइरस समुदायमा नै फैलिरहँदा, शैक्षिक संस्था, व्यापार व्यवसाय ठप्प पारेर, हजारौँको भीड गरेर स्थानीय सरकारले के बहादुरी देखाउन खोजेको हो ? भनेर प्रश्न गर्नुभएको छ । उहाँले आफ्नो फेसबुकमा थप प्रश्न गर्नुभएको छ, ‘औषधि किन्न जाँदा डण्डा लगाउने प्रहरी प्रशासन के हेरेर बसेको छ ? ’ । दुधौलीको टोलटोल सिल छ, तर नगर प्रवक्ताको वडामा यस्तो हजारौँको भीडमा फुटबल खेल चलिरहेको भन्दै उहाँले आपत्ति समेत जनाउनुभयो ।दुधौली नगर प्रमुख घनश्याम राउनले दुधौली–२ मा फुटवल खेल भइरहेको छ भन्ने कुरा १० दिनअघिनै थाहा पाएको बताउनुभयो । यो जानकारी पाउन साथ नगरको बैठकले अर्को निर्णय नगरेसम्म हाललाई रोक्नुस् भनेर निर्देशन पनि दिएको थियो । उहाँले भन्नुभयो,‘शुक्रबार सूचना निकालेर यस्ता गतिविधि रोक्न थप कडाइ गर्दछौं ,यस कार्यप्रति हाम्रो पनि ध्यानकर्षण भएको छ ।’


उहाँले वडाअध्यक्ष विरामी आफन्तलाई भेट्न वडा बाहिर गएको मौका छोपी युवाहरु जम्मा भएर खेलको आयोजना गरेको बताउनु भयो ।

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: