कम्प्युटरको डेस्कटप रिफ्रेस गर्दा आखिर के हुन्छ ?

by 20:48:00 0 comments

विन्डोज कम्प्युटर वा ल्यापटपको स्क्रनमा राइट क्लिक गर्दा रिफ्रेस नामक अप्सन देखा पर्दछ । कम्प्युटर ह्यांग भएको बेला सोही रिफ्रेस अप्सनमा क्लिक गर्ने वा  F5 बटन थिचेर समेत तपाइँले कम्प्युटर रिफ्रेस गर्नुभएको छ होला । तर के तपाइँले कहिल्यै सोँच्नुभएको छ आखिर रिफ्रेस गर्दा कम्प्युटरमा के हुन्छ ? के यसले कम्प्युटरको अपरेटिंग सिस्टमलाई रिफ्रेस गरी यसलाई आरामसँग चल्न सहयोग गर्दछ ? के यसले कम्प्युटरको मेमोरी क्लिएर गर्छ वा र्याम लाई रिफ्रेस गरिदिन्छ ?
तपाइँलाई यो थाहा पाउँदा हैरान लाग्ला की कम्प्युटर रिफ्रेस गर्दा यस्तो केहीपनि हुँदैन । आफ्नो कम्प्युटरमा तपाइँले जो डेस्कटप अर्थात् समग्र स्त्रिmनको भाग देख्नुहुन्छ त्यो विन्डोज अपरेटिंग सिस्टमको एक फोल्डरको रुपमा रहेको हुन्छ ।
यसलाई यस्तो ढंगले प्रोग्राम गरिएको हुन्छ की त्यो आफै रिफ्रेस होओस् । जसै यसको कन्टेन्टमा कुनै परिवर्तन आउँछ तब यो आफै रिफ्रेस भएर ती परिवर्तनलाई देखाउँछ । जस्तै कुनै नयाँ फाइल डेस्कटपमा पेष्ट गरिसकेपछि वा प्रोग्रामको आइकन बनिसकेपछि कम्प्युटर आफैले त्यो फाइल देखाइदिन्छ । तर कहिलेकाहीँ यस्तो आफै हुन सक्दैन र परिवर्तन डेस्कटपमा आफै नदेखिन सक्छ । त्यसैले म्यानुअल्ली रिफ्रेस गर्ने अप्सन दिइएको हुन्छ । त्यसैले कस्तो अवस्थामा रिफ्रेस फिचरको प्रयोग गर्ने त ? बुझिराखौँ ।
  • डेस्कटपमा जब तत्कालै बनाइएका मूभ, सेभ, रिनेम वा डिलिट गरिएका फोल्डर्स वा फाइलहरुको परिवर्तन देखा पर्दैन ।
  • डेस्कटपका आइकनहरुलाई रिअलाइन गर्नुपर्दा ।
  • इदि डेस्कटपमा कुनै आइकन देखिएन भने ।
  • थ्र्ड पार्टी एप्लिकेसनद्धारा बनाइएका फाइलहरु डेस्कटपमा नदेखिएमा ।
यस्तै खाले अन्य परिस्थितिहरु ज्समा डेस्कटपमा देखिनुपर्ने परिवर्तन देखिएन भने रिफ्रेस अप्सन थिच्नुपर्छ ।
जब तपाइँ माथि बताइएका परिस्थितिमा डेस्कटपलाई रिफ्रेस गर्नुहुन्छ तब अपडेटेड कन्टेन्ट डेस्कटपमा देखिन्छ । म्यानुअल्ली रिफ्रेस गर्दा डेस्कटपको कन्टेन्ट पहिले फोल्डर र त्यसपछि फाइलको अर्डरमा नामको आधारमा रहनछ ।
कोही मानिसहरु कम्प्युटर चलाउँदा बारम्बार डेस्कटप रिफ्रेस गरिरहन्छन् । कोही मानिस कम्प्युटर स्लो हुँदा यसो गर्दछन् । तर डेस्कटप आइकन नदेखिएको अवस्थालाई बाहेक अन्य कुरामा कम्प्युटर स्लो भएकोमा रिफ्रेस गर्नुको कुनै फाइदा रहँदैन । त्यसैले कम्प्युटर स्लो हुँदा वा ह्यांग हुँदा रिफ्रेस गर्नु बेतुकको काम हो । बारम्बार कम्प्युटर रिफ्रेस गरिरहने बानी छ भने तपाइँ पनि छाड्नुहोस् यस्तो बानी ।

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: