श्रीस्वस्थानी व्रतकथाको आज अन्तिम दिन, विशेष धार्मिक कार्यक्रम गरी समापन गरिँदै

by 20:27:00 0 comments

हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथाको समापना गरिँदैछ । पुस शुक्ल पूणिर्मादेखि सुरु भएको स्वस्थानी व्रतकथा आज विशेष धार्मिक कार्यक्रम गरी समापन गरिँदैछ ।
हिनाभरि स्नान गरी मध्याहृन श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहानुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा श्रमण गर्ने र पूजाआजा गर्ने चलन छ ।
व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने एक सय आठ-एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्रीमध्ये आठ-आठ रोटी, सुपारी र पानलगायत सामग्री आफ्ना श्रीमान्लाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई दिने र मीत छोरा पनि नभए आˆनो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयम्ले खाने प्रचलन छ ।

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: