‘मलाई चिनेको छैनस् म गभर्नरको छोरा हुँ’,‘तँलाई थाहा छैन यो नोटमा मेरो ड्याडको सिग्नेचर छ। भनेपछी भाँचियो गभर्नरका छोराको करङ !

by 22:32:00 0 comments
मैले चाहे तँलाई माटोमुनि मिलाइदिन सक्छु।’ ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी क्लब पनि छ ।
प्रायः अर्बपति मातापिताका छोराछोरीहरु फुर्सद मनाउन र पार्टनर खोजीमा पुग्ने प्राइभबाट कतिपय नेपाली कर्पोरेट दुनियाँका छोराछोरीबीचको सम्बन्ध नै सुरू भएको छ । गोपनीयता बाहिर नआउने कारणले पनि युवा उद्योगी, व्यवसायीका लागि सो क्लब थकान मेटाउने पहिलो रोजाइको जक्सन हो । हिरो, हिरोइन तथा मोडलहरूबीच पनि प्राइभ लोकप्रिय छ ।२०७६ वैशाख २१ गते क्लबमा शनिबारे पार्टी चलिरहेको थियो।
अंग्रेजी र हिन्दी गीतहरुमा अरु झैँ विवेक रावल पनि झुमिरहेका थिए। युवतीसँग पनि राम्रैसँग ‘प्रफर्म’ गरिरहेका थिए। मदिरा लागेपछि उनले राम्रोसँग खुट्टा टेक्न छोडे । त्यसपछि नजिकैको सोफामा पल्टिए । एक्लै क्लब पुगे पनि त्यहाँ भेटिएका साथीहरुसँग उनी मनोरञ्जन गरिरहेका थिए। निरन्तर पिइरहेका थिए ।
करिब मध्यरात तिर बिल तिर्ने विषयमा क्यासियर र उनीबीच भनाभन भयो। नपिएको मदिराको बिल पठाएको उनले आरोप लगाए। उनी जंगिए, ठूलो ठूलो श्वरले चिच्याए। ‘मलाई चिनेको छैनस् म गभर्नरको छोरा हुँ’, उनले भनेको उदृत गर्दै प्रत्यक्षदर्शीले नेपालखबरसँग भने, ‘तँलाई थाहा छैन यो नोटमा मेरो ड्याडको सिग्नेचर छ। मैले चाहे तँलाई माटोमुनि मिलाइदिन सक्छु।’ उनले मुखमा आए जति अश्लिल शब्द बोले। काउन्टरमा बसेका कर्मचारीलाई ज्यान मार्ने धम्की समेत दिए।
विवेक रावल- हुन पनि उनी पूर्व गभर्नर डा.तिलक रावलकै पुत्र हुन्। उनका पिताको हस्ताक्षर भएका नोट अझै पनि आक्कल झुक्कल भेटिन्छन्। तर कर्मचारीले बिल त्यति नै रहेको र आफूले नपिएको मदिरा बिलमा समावेश नगरेको दाबी गरे। रावलले तथानाम गर्न नछोडेपछि तल्लो तहका कर्मचारीले क्लब म्यानेजरलाई बोलाए। म्यानेजरले स्थिति सहज बनाउन प्रयास गरे तर सम्भव भएन। रावलले पिताको नाम लिँदै निरन्तर गलफत्ती गरिरहे ।
धम्क्याइरहे । आजित भएपछि म्यानेजरले पहिला क्लोज सर्किट क्यामेरा (सीसीटीभी) को र सर्भरबीचको लाइन छुटाए। अब क्लबको सीसीटीभीले दृश्य क्यामेरामा रेकर्ड नर्गर्ने भयो। मदिराका सुरमा रल्लिएर तथानाम गरिरहेका विवेकलाई मगर थर भएका म्यानेजरले रामधुलाई सुरु गरे। मजैसँग भकुरे। केही समयपछि कसैले घटनाबारे प्रहरीमा खबर दियो ।
सूचना पाएलगत्तै महानगरीय प्रहरी वृत्त कालिमाटीबाट एउटा टोली सोल्टी हानियो। तर प्रहरी टोली क्लब पुग्दा त्यहाँ सुनसान थियो । रावल त्यहाँ थिएनन् । क्लब म्यानेजर पनि थिएनन् । किनभने त्यो खबर नै प्रहरीमा ढिलोगरी पुगेको थियो।
मदिराको सुरमा धाकधम्की दिँदा भक्कु गोदाइ खाएका रावलले त्यो दिन प्रहरीलाई सम्झेनन्। बरु भाँचिएको करङको उपचारको लागि अस्पतालतिर लागे। साथी डाक्टर खोज्दै उनी टिचिङ अस्पताल पुगे। एक्स–रे सहितको चेक जाँचपछि उनको करङमा नराम्रोसँग दक्खल पुगेको पुष्टि भयो। ‘क्लबमा आएका एक जना व्यक्ति उपर कुटपिट भएको हो’, कालिमाटी वृत्तका डिएसपी देवेन्द्र पालले घटनाबारे नेपालखबरसँग भने, ‘घटनामा संलग्न भएको आरोपमा हामीले ३ जनालाई पक्राउ गरिसकेका छौं। अनुसन्धान भइरहेको छ।’
रावलले पिटाइ खाएको विषयमा प्रहरीले ज्यान मार्ने उद्योग अन्तर्गत अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा क्लब कर्मचारी आशिष गुरुङसहित २ सेक्युरेटी गार्ड छन्। प्रहरीले घाइते विवेकको घाउचोट विवरण समेत लिएको छ। सो विवरणमा उनको करङ फ्याक्चर भएको उल्लेख छ। क्लबका म्यानेजर फरार छन् ।
यो पनि पढ्नुस
पैसा कमाउन र सुखी जीवन बिताउने सबैको चाहना हुन्छ । तर कतिपय मानिसले दिन रात परिश्रम गर्दा पनि पैसा कमाउन सक्दैन् त कतिले कमाएको पैसा जोगाएर ठिक ठाउँमा सदुपयोग गर्न सक्दैनन् ।
पैसा कमाउनु मात्र ठूलो भने होइन् । आफुले कमाएको पैसालाई कसरी सदुपयोग गर्ने भन्ने कुरा नै मुख्य हो । त्यसैले आज हामी कुन राशीका व्यक्तिले कमाएको पैसा कहाँ र कसरी राख्ने भन्ने बारे बताउन गइरहेका छौँ ।
मेष राशी
यो राशी भएका व्यक्तिलाई आफुले कमाएको पैसा आफ्नो घरको पश्चिम दिशामा राख्नु उत्तम मानिएको छ । आफुले पैसा राखेको ठाउँमा फलामको औँठी राख्ने गर्दा राम्रो हुने देखिएको छ । धनको लेनदेन गर्दा साँझको समयमा गर्नु उत्तम मानिन्छ ।
वृष राशी
यो राशी भएका व्यक्तिले धन सम्पति राख्दा घरको पूर्व दिशामा राख्नु राम्रो देखिएको छ । यसरी धन राखिएको ठाउँमा सुन वा पित्तलको सामाग्री राख्नुपर्छ भने साँझको समयमा कुनै पनि किसिमको लेनदेन गर्नु हुँदैन् ।
मिथुन राशी
मिथुन राशी भएका व्यक्तिले आफुसँग भएको सम्पति घरको उत्तर दिशामा राख्नदा राम्रो हुने देखिएको छ । यसरी धन राखिएको ठाउँमा तामाको बस्तुहरु राख्नु पर्नेछ । मंगलबारको दिन धन लेनदेन गर्नु हुँदैन् ।
कर्कट राशी
यो राशी भएका व्यक्तिले घरको पूर्व दक्षिण दिशामा धन राख्दा राम्रो रहेको छ । तपाईले धन राखेको ठाउँमा चाँदीको वस्तु राखिदिनुहोस् र धन सम्पति राखेको ठाउँमा कुनै पनि प्रकारको कालो चिज नराख्नुहोस् ।
सिंह राशी
यो राशी भएका व्यक्तिले घरको पूर्वी दिशा छेउमा धन राख्ने ठाउँ बनाउँदा राम्रो हुने देखिएको छ । यसरी तपाईले धन राख्न बनाएको ठाउँमा कासको वस्तुहरु राख्दा राम्रो हुनेछ ।
कन्या राशी
कन्या राशी भएकाहरुले घरको दक्षिण पश्चिम दिशामा धन राख्ने ठाउँ बनाउँदा राम्रो हुने देखिएको छ । यसरी धन राखिएको ठाउँमा चाँदी वा जस्ताको वस्तु राख्दा राम्रो हुनेछ । तर धन राखिएको ठाउँमा उज्यालोको व्यवस्था गनर्सपर्नेछ ।
तुला राशी
तुला राशी भएका व्यक्तिले घरको दक्षिण दिशामा धन राख्ने ठाउँ बनाउँदा राम्रो हुनेछ । धन राखेको ठाउँमा रातो वा तामाको वस्तु राख्नुपर्नेछ । यसरी राखिएको धनलाई उज्यालो हुने गरेर राख्ने गर्नुपर्छ ।
वृश्चिक राशी
यो राशी भएका व्यक्तिले घरको उत्तर पश्चिम दिशामा धन राख्दा राम्रो हुने देखिएको छ । यसरी सम्पति राख्ने ठाउँमा हरियो कपडाले बेरेर खानेसुप राखिदिनाले हरेक महिना परिवर्तन हुनेछ ।
धनु राशी
यो राशी भएकाहरुको धन राख्ने उत्तम ठाउँ दक्षिण पूर्व दिशा हो । धन राखिएको ठाउँमा सेतो कपडाले बेरेर बाधेर एउटा चाँदीको सिक्का राख्ने गर्दा राम्रो हुनेछ ।
मकर राशी
यो राशीकाहरुलाई धन राख्ने राम्रो ठाउँ उत्तर दिशा रहेको छ । यसरी धन राखिएको ठाउँमा सानो कुवेरको मूर्ती राख्नुपर्नेछ । तर धन राखेको ठाउँमा भूलेर पनि सुनको चिजहरु राख्नु हुँदैन् ।
कुम्भ राशी
यो राशीको धन राख्ने उत्तम ठाउँ पूर्व रहेको छ । उक्त ठाउँमा पहेँलो कपडामा बेरर सून वा पित्तलेका कुनै वस्तु राख्नाले राम्रो हुनेछ । तर बिहानको समयमा धनको लेनदेन गर्नु हुँदैन् ।
मीन राशी
उक्त राशी भएकाहरुको लागि धन राख्ने उत्तम ठाउँ पश्चिम रहेको छ । त्यहाँ फलामको केही वस्तु राख्दा राम्रो हुनेछ । तर धन राख्ने ठाउँलाई व्यवस्थित बनाउनुपर्नेछ ।

Related Articles

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: