फलको राजा आँप खानुका यस्ता हुन्छन फाइदै फाइदा, यस्ता छन् १० फाइदाहरु

by 22:41:00 0 comments
सामान्यतया गर्मी मौसममा आँपको विशेष महत्व हुने गर्दछ । फलको राजा भनेर चिनिने आँप गर्मी मौसममा पाइने फलफूल मध्ये एक हो ।
आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, पोटाशियम, मिनरल्स पाइन्छ । यसको नियमित सेवन गर्नाले शरीरलाई निकै फाइदाजनक हुन्छ । आउँनुहोस् जानौं गर्मीमा आँप खानुका फाईदाहरु के हुन्छन् ।*
  • आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।
  • आँपमा पाइने भिटामिन ए ले आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।
  • आँपको नियमित सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसको समस्याबाट मुक्ति मिल्छ ।
  • आँपको सेवनले शरीरमा शक्ति प्रदान गर्नुका साथै शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्छ र शरीरमा इन्फेक्सन हुनबाट बचाउँछ ।
  • आँपमा प्रशस्त मात्रामा आइरन पाइन्छ जसले शरीरमा रगत बढाउनुका साथै एनिमियाको समस्याबाट मुक्ति मिल्छ ।
  • आँपमा भरपूर मात्रामा भिटामिन बी ६ हुन्छ । जसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ ।
  • यसको सेवनले ब्लडप्रेशरको लेवल कन्ट्रोल गर्न मद्दत गर्छ ।
  • २ चम्चा आँपको पेस्ट बनाई त्यसमा दही मिलाएर कपालमा लगाउने र आधा घण्टा पछि धुने गर्नाले कपाल नरम मुलायम हुनुका साथै चायाँ पर्ने समस्याबाट मुक्ति मिल्छ । 

Madan anjan

Developer

Cras justo odio, dapibus ac facilisis in, egestas eget quam. Curabitur blandit tempus porttitor. Vivamus sagittis lacus vel augue laoreet rutrum faucibus dolor auctor.

0 comments: